भारतीयका संसारभरि सयाैं फेक न्युज पोर्टलहरू
शक्ति राष्ट्र बन्ने धुनमा भारतले पनि निकै पसिना बगाईरहेको छ र त्यसका निम्ति के-के हर्कत गर्दैछ भन्ने एउटो चलखेलको पर्दाफास हालै ब्रसेल्सको एउटा गैरसरकारी संस्थाले गरेको छ ।
शक्ति राष्ट्र बन्ने धुनमा भारतले पनि निकै पसिना बगाईरहेको छ र त्यसका निम्ति के-के हर्कत गर्दैछ भन्ने एउटो चलखेलको पर्दाफास हालै ब्रसेल्सको एउटा गैरसरकारी संस्थाले गरेको छ ।
अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ (नेजा) मा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको हो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो । अमेरिका र क्यानडाका विभिन्न राज्यमा…
गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि गैरआवासीय नेपाली संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ । संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी…
अमेरिकाको विशेष सुरक्षा दस्ताको नेतृत्वमा विदेशी मूलका जिहादीहरूलाई खोजी खोजी मार्ने अपरेसन चलेको छ । बेलायत, फ्रान्स लगायत बेल्जियम पनि सहभागी रहेको सो अपरेसनमा २१ देश संलग्न छन् । जिहादीहरूले प्रयोग गरेका मोबाइल फोन र ल्यापटपहरू खोसिएपछि अनेकन सूचनाहरू चुहिएका बताइएको छ ।
अमेरिकी संसदले डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ। अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी चिठ्ठा लगायतका चारवटा आप्रवासी सम्बन्धी विधेयक अस्वीकृत गरेको हो। सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयक अस्वीकृत भएको छ। रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले डीभी चिठ्ठा बन्द गर्ने विधेयक सिनेटमा दर्ता गराएका…
वरिष्ठ पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित हुनुभएको छ । विकास पत्रकार मञ्च (फोडेज)को विहिबार राजधानीमा आयोजित एक समारोहमा उहाँ सम्मानित हुनुभएको हो । लामो समयदेखि पत्रकारिताको माध्यम मार्फत विकासको क्षेत्रमा कलम चलाउनु भएको भन्दै उहाँलाई यस वर्ष सम्मान गरिएको हो । मञ्चले यस विधामा सम्मान गर्दै आएको यो दोस्रो पटक हो । पहिलो पटक यस सम्मानबाट पत्रकार…
सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक चीनकै तेस्रो धनी व्यक्ति भएका छन् । फोब्र्स पत्रिकाले सन् २००७ का लागि उनलाई चीनको तेस्रो धनी व्यक्तिको सूचीमा राखेको छ । उनलाई यति धेरै…
युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर पत्रकारहरूलाई छक्क बनाइदिए । ब्रसेल्समा स्लोभाकियन प्रधानमन्त्रीसँग भएको संयुक्त पत्रकार सम्मेलनका बेला उनलाई मेर्केलको कल आएको थियो । उनले श्रीमतिको होला भन्दै स्क्रिनमा हेरे र…
उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ थुप्रिन्छन्, युरोपेली रेसिडेन्सी पर्मिट पाउने आशामा । तर नेपालीहरको जहाँ जहाँ जमघट धेरै हुन्छ, विकृतिहरू शुरू भैहाल्छ । सामान्यतः नेपालीहरूलाई इमान्दारको रुपमा हेरिने भए पनि…
क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।
हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । मृत मगरको…
लामो समयसम्म गृहयुद्ध झेलेको अफगानिस्तानको नाम सुन्ने बित्तिकै एक खालको ध्वंसात्मक चित्र दिमागमा आउँछ । सन् १९६० को दशकमा अफगानिस्तानको यो फोटो डेनभरपोस्टबाट लिइएको हो।
बस्न, ब्यापार गर्न र भ्रमण गर्न लायक सहरहरूको खोजिमा गरिएको सर्वेक्षणमा न्यूयोर्कले बाजी मारेको छ । पेरिसको बजार अनुसन्धानसंबन्धी एक कम्पनी IPSOS ले सो सर्वेक्षण गरेको हो । यसै वर्ष २६ देशमा गरिएको सर्वेक्षणमा न्यूयोर्क सूचिको सिरानमा रहेको छ भने अबुधाबी दोस्रो नम्बरमा उक्लेको छ । त्यस्तै लन्डन र पेरिसले तेस्रो र चाैथो स्थान पाएका छन् भने पाँचाैं स्थानमा संयुक्त रूपमा…
पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया कामेइरा लिस्बोनकी एक कहलिएकी महिला वकिल भएको आल्गार्भडेलीन्युजले समाचारमा उल्लेख गरेको छ ।
बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ । सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए । युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।