प्रवासमा नेपाली पाठशालाको प्रसंग

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन् ।…

Comments Off on प्रवासमा नेपाली पाठशालाको प्रसंग

क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।

Comments Off on क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । मृत मगरको…

Comments Off on उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

१९६० को दशकमा अफगानिस्तान

लामो समयसम्म गृहयुद्ध झेलेको अफगानिस्तानको नाम सुन्ने बित्तिकै एक खालको ध्वंसात्मक चित्र दिमागमा आउँछ । सन् १९६० को दशकमा अफगानिस्तानको यो फोटो डेनभरपोस्टबाट लिइएको हो। 

Comments Off on १९६० को दशकमा अफगानिस्तान

चितुवाको फन्दा

पानी पिउन खोज्दा चितुवाको यस्तो हालत भएको हो । भारतको राजस्थानमा भएको यो घटनापछि मानिसहरू रमिते भएको देख्न सकिन्छ । पछि जंगल सुरक्षाकर्मीहरूले चितुवाको फन्दा खोली दिएका थिए ।

Comments Off on चितुवाको फन्दा

फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान…

Comments Off on फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरे । उहाँले भन्नुभयो, “तपाइँहरु संसारको…

Comments Off on गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

अमेरिकी चुनावका ५ विचारणीय कुरा

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका प्रमुख हुनेछ। तर ती तीन राज्यले मात्रै पुरै कथा भने भन्न सक्दैनन्। चुनावको नतिजा आउनुअघि यी पाँच कुराहरु विचारणीय छन्।१. भर्जिनियाहिलरी क्लिन्टन विजयी हुने अपेक्षा…

Comments Off on अमेरिकी चुनावका ५ विचारणीय कुरा

भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

पूर्वी नेपालमा करिब दूइ दशक अघिदेखि शरणार्थी जीबनयापन गर्दै आएका भूटानी शरणार्थीहरूले नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जिलाई आफूहरूको समस्याको बिषयमा गम्भिर भएर लागिदिनका लागि आग्रह गरेकाछन् । आफूहरुलाई भारतको बाटो हँुदै नेपाल लखेटिएको र स्वदेश फर्कनका लागि भारतको बाटो प्रयोग हुन समेत नदिइएको स्मरण गराउदै शरणार्थीहरूले मुखर्जीसँग कुटनीतिक पहलका लागि आग्रह गरेका हुन् । भूटानी शरणार्थी जेष्ठ…

Comments Off on भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह