प्रवासीको देश हुन्न - नयाँ कथा सँग्रह

समाविष्ट कथाहरू:

१ सानो सेक्रेट
२ नेहा
३ लोकल हिरो
४ घातक आकर्षण
५ प्रवासीको देश हुन्न
६ चालू प्रेमी
७ तिम्रो लोग्ने खै ?
८ अनि ऊ भागी
९ पिकासो केटी
१० फिरन्ते अनुराग
११ यो बर्बादी
१२ इपिसेन्टर पालुङटार
१३ इडियट
१४ तिम्री स्वास्नी

यस संग्रहमा रहेका १४ उत्कृष्ट कथाहरू या त प्रवासी जीवनको अवस्थितिमा लेखिएका छन् वा त्यसको बाछिटा परेको नेपाली मनस्थितिमा।
मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना,  र बहुसंस्कृतिवाद (मल्टीकल्चरालिज्म) एवं विश्वबन्धुत्त्व (कज्मोपोलिटनिज्म) को परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी टोटालिटीमा बाँच्नेहरूको कहानीहरूले हाम्रो स्वदेशी दिमाग र बाहिरी संसार बीचको खाडललाई चुनौती दिन्छ।
कतै संस्मरण जस्तो लाग्ने त कतै यथार्थवादी छन् यी कथ्य। यदि जीवनको व्यर्थताहरूमा दार्शनिक आनन्द खोज्नु र कल्पनाशील बन्दै खितखिताउन रमाइलो मान्नु हुन्छ भने यी कथाहरू तपाईंका खुराक हुन्।

सारांशमा कथाहरूप्रवासीको देश हुन्नका कथाहरूमा अनेक विविधता छ। अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, कन्या राशीको ‘चालू प्रेमी’, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, सपना लत्याएर जोखिमबाट तर्केर ‘अनि ऊ भागी’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, अथेन्टीक खोज्ने फिरिङ्गीसँगको ‘फिरन्ते अनुराग’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन्।

लेखक परिचय:

 तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका सर्वाधीक प्रतिष्ठित प्रिन्ट मिडियाहरु र पछि नेपाल टेलिभिजनसँग आबद्ध भइ काम गरेका थिए । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासंबन्धी अध्ययन गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी सपरिवार उतै बस्छन् र ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गरे झैं गर्छन् तर अन्तर्मनमा उनी एक लेखक र विश्वयात्री हुन्। उनका लेख-रचनाहरू प्रतिष्ठित नेपाली मिडियाहरूमा प्रकाशित भैरहन्छन्। पथिक प्रवासन उपन्यासका लेखक अधिकारीको दोस्रो कृति हो, कथा-सँग्रह- प्रवासीको देश हुन्न

Follow him on Facebook: www.facebook.com/pancham.adhikary/
On Tiktok:                            www.tiktok.com/@pancham.a

पंचमका साहित्यसंबन्धी ताजा लेखहरू-

पंचम अधिकारीका कृतिहरू: