नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ (नेजा) मा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको हो ।

उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो । अमेरिका र क्यानडाका विभिन्न राज्यमा छरिएर बसेका पत्रकारलाई अधिवेशनमा सहभागी गराउन सहज पहु“च पु¥याउने उदेश्यले यस वर्ष नेजाको छैटौं अधिबेशन अमेरिकाको सुदुर पश्चिमको सियाटल शहरमा सम्पन्न गरिएको हो ।

पन्तको नेतृत्व रहेको कार्यसमितिमा उपाध्यक्ष विकासराज न्यौपाने, महासचिब किरणबाबु मरहठ्ठा, सचिब सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेबी गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, डिसि भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेबी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुल प्रसाद ढकाल चुनिएका छन् ।

सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल छन् । अधिवेशनले सिङ्गो कार्यसमितिलाई नै निविरोध निर्वाचित गरेको हो । नया“ कार्यसमितिमा सक्रिय रुपमा पत्रकारितामा आवद्ध पत्रकारहरु चुनिएकाले नेजाको भविश्य उज्वल रहेको बरिष्ठ पत्रकार तारा बरालले बताए ।

‘नेपालमै लामो समय सक्रिय पत्रकारिता गरेर आएका र यहाँ पनि बिभिन्न नेपाली पत्रपत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेकाले कार्यसमितिले अमेरिकाको नेपाली पत्रकारिता र नेपालकै पत्रकारिता पेशालाई उत्तरदायी बनाउन र पत्रकारको हौसला बढाउनका लागि पुलको काम गर्नेमा म विश्वस्त छु’ उनले भने ।

अधिवेशनको विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले अमेरिकामा पत्रकारहरुको एक मात्र संस्था नेजा भएकाले पत्रकार महासंघले नेजासँग समन्वय गरी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । सन् २०१३ मा महासंघ र नेजा बिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

स्थापना कालदेखि नै नेजाले नेपालमा रही सक्रिय पत्रकारिता गर्नेहरुलाई प्रोत्साहन गर्न ग्रामिण पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । अधिवेशनको औपचारिक उद्घाटन कार्यक्रममा निवर्तमान कार्यसमितिले यस वर्षको ग्रामीण पत्रकारिता पुरस्कार ओखलढुङ्गाका पत्रकार कुम्भराज राइलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैया“ रहेको छ । विगतमा १ लाख १ हजार १ सय ११ राशीको पुरस्कारलाई यसै वर्ष बढाइएको नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । नेपाल पत्रकार महासंघसंग समन्वय गरी छनौट समिति गठन गरी पुरस्कृतको नाम छनौट गरिएको हो ।

अधिवशन सम्पन्न लगत्तै नया“ कार्यसमितिको पहिलो बैठक बसेको थियो । बैठकले कार्यसमितिको रिक्त पदमा नेजाका पूर्व सचिब अग्नि चौलागाईंलाई मनोनयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको बैठकले नेजाको पूर्व कार्यसमिति, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ र अधिबेशन आयोजक समितिलाई धन्यबाद प्रस्ताब पारित गरेको थियो । न्यूयोर्कमा रहेका कार्यसमितिका पदाधिकारीहरुले बुधबार नेपालबाट आएका बरिष्ठ पत्रकार कबिर राणा संग भेटघाट र अन्तरक्रिया कार्यक्रम राखेका थिए ।