बिकीनी केटीहरू ‘सर्प वर्ष’ मनाउँदै

चीनियाँ पात्रोमा हरेक वर्ष साँकेतिक रूपमा एक जनावर वर्षका रूपमा लिइन्छ । यस सालको गर्मी शुरूवात हुँदा 'सर्प वर्ष' को रूपमा चिमेलोङ वाटर पार्कमा एक हजार तरूनीहरू बिकनीमा प्रतीकात्मक वर्ष २०१३ मनाउँदै ।

Comments Off on बिकीनी केटीहरू ‘सर्प वर्ष’ मनाउँदै

फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने टिभी पत्रकारलाई बेल्जियमको आरटीएल टिभी च्यानेलले कामबाट निस्कासन गरेको छ । लुक ट्रुलमन नामका ती पत्रकार आरटीएलमा मौसमविज्ञका रूपमा कार्यरत थिए । पत्रकार ट्रुलमनको रंगभेदी टिप्पणीमा खासगरि मुस्लिमका विरूद्धमा खनिएका थिए । ट्रुलमनले टिप्पणी लेखनबारे माफी मागीसकेका छन् र एक घटनामा आफूविरूद्ध भएको दुर्व्यवहारबाट आवेशमा आइ लेखेको प्रष्टीकरण दिएका छन् ।

Comments Off on फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

गूगलको नयाँ तथ्याङ्कमा विभिन्न देशका सरकारहरूले अत्यन्त धेरै सामग्री गूगलबाट हटाउने माग गरेको खुलेको छ । तिन वर्ष अगाडिदेखि गूगलले ‘पारदर्शी रिपोर्ट’ दिन शुरू गरेदेखि २०१२ को दोस्रो खण्डमा गूगलबाट सामाग्री हटाउने माग ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । धेरै सरकारहरूले सामाग्री हटाउने कारणका रूपमा ‘गालीबेइज्जती’ भनेका छन् । गूगलसँग अनुरोध गर्ने ‘शीर्ष ५ देशहरू’ मा क्रमशः ब्राजील, संयुक्त राज्य…

Comments Off on गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

निकट भविष्यका ७ संभावित अविष्कार

संसार द्रुत गतिमा परिवर्तनशील छ । पछिल्लो दशकमा हाम्रो जीवनलार्इ प्रत्यक्ष असर गर्ने थुप्रै आविष्कार भएका छन् । जस्तो की, ठूला कम्प्युटर पकेट साइजमा बनेका छन्, कागजी खातको ठाउँ इलेक्ट्रोनीक मिडियाले‚ टेलिफोनको ठाउँ मोवाइल फोनले‚ ठूला टी.भी.को ठाउँ एल.सी.डी/एल.र्इ.डी. मोनीटरले‚ कंक्रीड भवनको ठाउँमा सीसाका महल र पत्रको ठाउँ इमेलले लिएको छ । इन्टरनेटको बहुआयामीक विकाससँगै फेसबुक‚ यु-ट्युब‚ स्काइप‚ वाइ-फाइ‚ मेमोरी…

Comments Off on निकट भविष्यका ७ संभावित अविष्कार

भारतमा बलात्कारप्रतिरोधी अन्डरवेयर

बलात्कारका घटनाहरूले पटक पटक सताइएको र महिलाहरूमा हुने यौन हमलाबारे ठूलो बहस चलिरहेको बेलामा इन्जीनियरिङ्गका तीन भारतीय विद्यार्थीले बलात्कारप्रतिरोधी अन्डरवेयर बनाएका छन् । दबाव सेन्सरले जडिएको यस्तो अन्डरवेयरले ३८०० केभीको बिजलीको झट्का दिन सक्छ । सेन्सर सक्रिय बनाइएमा जीपीएस ट्रैकिङ्ग प्रणालीले काम गर्छ जसले पुलिस र पीडितको परिवारलाई सूचित गर्छ । यस्तो अन्डरवेयर यो महिनाको अन्तसम्ममा भारतिय बजारमा आउने बताइएको…

Comments Off on भारतमा बलात्कारप्रतिरोधी अन्डरवेयर

कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

विकिलिक्सलाई समेत माथ ख्वाउने भनिएको ‘अफशोर लिक्स’ मार्फत संसारभरिका धनाढ्यहरूले लुकाइराखेको धनको गोप्यता यो हप्ता खुलासा हुँदैछ । ४६ देशका ८६ पत्रकारहरूले १७० देशमा गरेको भनिएको अनुसन्धानमा संसारका अति धनी राजनीतिज्ञ, ब्यापारी, दलाल, कला सँग्रहकर्ता र उच्च पदस्थ ब्यक्तिहरूको लुकाइएको सम्पत्ति खुल्दैछ । अमेरिकी International Consortium of Investigative Journalists  को संयोजनमा अनुसन्धानात्मक पत्रकारिता प्रोजेक्टबाट यस्तो खोजी गरिएको थियो । कालो…

Comments Off on कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

अमेरिकी अन्तरिक्ष केन्द्रमा नेपाली युवा

नेपालका युवा वैज्ञानिक रिजन कार्कीले विश्वका प्रख्यात वैज्ञानिकहरु जमघट हुने अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा प्रस्तुति दिएर ठूलो संभावनाको ढोका खोलेका छन् । कार्कीले विना बिजुली र विना इन्धन पहाडमा रेल कुदाउन सकिने आफ्नो विचार अमेरिकामा आयोजित एक ऊर्जा सम्मेलनमा विश्वका विशिष्ट वैज्ञानिक एवम् प्राध्यापकहरुसामु प्रस्तुत गरेर ‘स्टुडेन्ट एचिभमेन्ट एवार्ड’ हात पार्न सफल भएका थिए। बीस वर्षको युवावस्थामै विज्ञान र…

Comments Off on अमेरिकी अन्तरिक्ष केन्द्रमा नेपाली युवा

बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन

यूरोपमा पहिलो पल्ट सौर्य ऊर्जा संचालित ट्रेन बेल्जियममा शुरू गरिएको छ । एन्टवर्प राजमार्गमा जडिएका १६००० सौर्य प्यानलहरूले  ट्रेनको निम्ति ऊर्जा उत्पादन गर्नेछ । ती सौर्य प्यानलहरूले  उत्पादन गर्ने उर्जाले वर्षमा एक दिनको निम्ति बेल्जियमको सम्पूर्ण ट्रेन गाडीलाइ चलाउँछ । इटलीमा वातानुकूलित बनाउन सौर्य ऊर्जाको आंशिक उपयोग भैसकेको छ भने फ्रान्सले पनि सौर्य ऊर्जाको प्रयोग गर्ने योजना बनाएको छ ।

Comments Off on बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन

नयाँ प्रविधिको पी-साइकल

साइकल र मोटरसाइकलको मिश्रण भएको नवीन प्रविधिको साधन हो- पी-साइकल । हुन त यस अघि नै पेडल र मोटर दुबै भएको साइकल बजारमा प्रशस्त आइसकेका छन् । पी-साइकलको विशेषता हो, यसले धेरै इनर्जी खर्चंदैन । यो सामान्य विध्धुतिय प्लगमा चार्ज गर्न सकिन्छ र ‘कपाल सुकाउने मेशीन’ ले जति मात्र शक्ती खर्चन्छ ।

Comments Off on नयाँ प्रविधिको पी-साइकल

संसार कै सानो हेलीकोप्टर

जनरल एच-४ नामक यो हेलीकोप्टर संसार कै सबैभन्दा सानो हो ।  जापानको जनरल कर्पोरेसन द्वारा बनाइएको यो हेलीकोप्टर केवल ७० किलोको छ ।  यसमा एक सीट, ल्यान्डीङ् गियर र पावर युनिटको साथमा करिब ४ मिटर लामो पँखेटा छ ।

Comments Off on संसार कै सानो हेलीकोप्टर

ज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा

semenशारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ ।

‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ । उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । (more…)

Comments Off on ज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा

आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

marriageभारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ । (more…)

Comments Off on आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ?

यी सबै जवाफ पाइने अनलाइन पत्रकारिताको उद्देश्य चाहिँ के होला ? पत्रकारिता के का निम्ति ?

एक्काइसौं शताब्दी मिडियाको युग हो । नेता, सेलेब्रिटी र कुनै एजेण्डाको उदय र अस्तमा मिडियाको पुरापुर भूमिका हुन्छ । प्रिन्ट, रेडियो र टिलीभिजन पत्रकारितापछि कान्छो भाइका रूपमा हर्लक्क विकसित भएको अनलाइन मिडियाले पत्रकारिताको परिभाषा र रूपरेखा नै बदलिदिएको छ ।

के हो त पत्रकारिताको सफलता ? (more…)

Comments Off on लोकप्रिय पत्रकारिता