विश्वका उत्कृष्ट सहरको सूचिमा न्यूयोर्क पहिलो, आम्स्टरडाम नवाैं

बस्न, ब्यापार गर्न र भ्रमण गर्न लायक सहरहरूको खोजिमा गरिएको सर्वेक्षणमा न्यूयोर्कले बाजी मारेको छ । पेरिसको बजार अनुसन्धानसंबन्धी एक कम्पनी IPSOS ले सो सर्वेक्षण गरेको हो ।

यसै वर्ष २६ देशमा गरिएको सर्वेक्षणमा  न्यूयोर्क सूचिको सिरानमा रहेको छ भने अबुधाबी दोस्रो नम्बरमा उक्लेको छ । त्यस्तै लन्डन र पेरिसले तेस्रो र चाैथो स्थान पाएका छन् भने पाँचाैं स्थानमा संयुक्त रूपमा टोक्यो, सिड्नी र ज्युरिच परेका छन् । त्यस्तै रोम आठाैं र लस एन्जलस् तथा आम्स्टरडाम संयुक्त रूपमा नवाैं स्थानमा परेका छन् ।