बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए । युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।

Comments Off on बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

राष्ट्रसंघीय उपमहासचिवको प्रस्तावित भ्रमणमा सरकारको नामंजुरी

नेपालको तीन दिने  भ्रमणमा आउने तयारीमा रहेका राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव जेफरी फेल्टम्यानलाई तत्काल नेपाल नआउन सरकारले आग्रह गरेको छ । नेपाल सरकार र न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि कार्यालयसँग समन्वय नगरी एकतर्फी रूपमा भ्रमण तालिका निर्धारित गरी नेपाल सरकारलाई सूचित गरेपछि उपप्रधान तथा विदेश मामिलामन्त्री कृष्णबहादुर महराको स्तरबाट तत्काल भ्रमण ‘उत्पादक’ नहुने निर्णय लिइ नेपालस्थित राष्ट्रसंघीय कार्यालयलाई त्यसबारे जानकारी गराइएको…

Comments Off on राष्ट्रसंघीय उपमहासचिवको प्रस्तावित भ्रमणमा सरकारको नामंजुरी

बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ । पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस…

Comments Off on बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ गर्ने गरेको देखाएको हो । यद्यपि इन्स्टाग्राम पोस्टमार्फत प्रशस्तै कमाइ गर्नेमा रोनाल्डो मात्रै पर्दैनन् । इन्स्टाग्रामको एउटा पोस्टमार्फत सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो तेस्रो…

Comments Off on इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

सिक्किममा स्वतन्त्रताको आगो सल्काउने वैकल्पिक चिनियाँ कुटनीति

कुटनीतिमा एक देशको कमजोरीलाई समातेर अर्को देशले त्यो संवेदनासँग जिस्किने र त्यसबाट फाइदा लिने प्रयाश गरेका अनेकन उदाहरण पाइन्छन् । नेपाल कै सन्दर्भमा पनि भारतले मधेशीहरूको एक टुकुडीलाई समातेर यस्तै खेल खेलीरहेको जगजाहेर छ । नेपाल भूगोलवरिपरीको अन्तर्राष्ट्रिय राजनीतिमा तिब्बत र सिक्किम यस्तै अर्को उदाहरण हो । चीनले तिब्बत लिने र भारतले सिक्किम विलय गर्ने, अनि एक अर्कालाई साइजमा राख्न…

Comments Off on सिक्किममा स्वतन्त्रताको आगो सल्काउने वैकल्पिक चिनियाँ कुटनीति

मेस्सीको विवाहको भव्य तयारी

अर्जेन्टिनाका चर्चित फुटबल स्टार लियोनल मेस्सीको वैवाहिक समारोहको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने गरेका मेस्सीको विवाहको खबरले उनका समर्थक तथा विश्वभरका फुटबल समर्थकहरुले बिशेष चासोको रुपमा लिएका छन् । अर्जेन्टिनामा जन्मिएका मेस्सीले आफ्नो बाल्यकालदेखिको मिल्ने साथी तथा प्रेमिका एन्टोनेला रोकुजोसँग विवाह गर्न लागेका हुन् । ४ ५ बर्षको उमेरदेखि नै एकअर्काको…

Comments Off on मेस्सीको विवाहको भव्य तयारी

बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

बेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान लगाउनु अघि ३ महिने प्रष्टिकरणको म्याद अमेरिकीहरूले दिएका छन्, बेल्जियम अध्यागमन मन्त्री थियो फ्रान्केनले ‘द तेइद’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । अमेरिकी सुरक्षा…

Comments Off on बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा सम्बन्धि बेसीक तालिम सम्पन्न भएको छ ।   बिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी…

Comments Off on क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान…

Comments Off on फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

वैदेशिक रोजगारीका क्रममा खाडीलगायत मुलुकमा ठूलो सङ्ख्यामा रहेका नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा भइरहेको मतदातासम्बन्धी विधेयकमाथिको दफबार छलफलमा भाग लिने सांसदले उक्त कुरा उठाएका हुन् । बैठकमा सांसद मदनकुमारी९गरिमा० शाहले वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले ठूलो योगदान पु¥याइरहेको पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनीहरुलाई मतदान गर्न पाउने अधिकारबाट…

Comments Off on विदेशमै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति…

Comments Off on नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

नेपाली वैज्ञानिक अष्ट्रेलियामा पुरस्कृत

हाल अष्ट्रेलियामा कार्यरत नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यलाई सीएसआइआरओ कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ। डा‍. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्त रुपमा पुरष्कार प्रदान गरिएको हो । अधिकारीले चिकित्सा अप्लीकेशन्समा पोलिमर सम्बन्धी कामका लागि यसअघि सिएसआइआरओ तक्मा पनि पाएका थिए । उनी सिएसआइआरओका २ वटा सहायक कम्पनीमध्ये १…

Comments Off on नेपाली वैज्ञानिक अष्ट्रेलियामा पुरस्कृत

किन संविधानमा संसाेधन? सर्वाेच्चले माग्याे कारण

सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले विहिवार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व…

Comments Off on किन संविधानमा संसाेधन? सर्वाेच्चले माग्याे कारण

राजदूत थापाद्वारा बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बेल्जियमका लागि नव नियुक्त नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सस्थित लेकेन प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदा बुझाउने क्रममा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका राजालाइ पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ । समारोहमा बेल्जियमका राजा फिलिपले राजदूत नियुक्त भएकोमा…

Comments Off on राजदूत थापाद्वारा बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरे । उहाँले भन्नुभयो, “तपाइँहरु संसारको…

Comments Off on गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह