क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे ।

पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।