विदेशमा हुर्कने नानीहरूको घरायसी भाषा

प्रवासी जीवन भएकाले घरमा एउटा भाषा हुन्छ र स्कुलमा अर्कै भाषा बोल्नुपर्छ। स्कुलको भाषामा नानीहरूको शैक्षिक भविष्य अडिएको हुन्छ। घरायसी भाषामा अपनत्व जोडिएको हुन्छ।

Comments Off on विदेशमा हुर्कने नानीहरूको घरायसी भाषा

अमेरिकामा अश्वेत जनसंख्या बढ्दो

जनसंख्याको हिसाबले सबैभन्दा ज्यादा काला जातिहरू बस्ने राज्यहरूमा टेक्सास, फ्लोरिडा र न्युयोर्क पर्दछन्। तर अनुपातको हिसाबले कोलम्बिया डिस्ट्रीक, मिसीसिपी र लुजियानामा घनत्व ज्यादा रहेको छ।

Comments Off on अमेरिकामा अश्वेत जनसंख्या बढ्दो

नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

हकको लागि लड्नुपर्छ हालैको घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिर्नपर्ने भएको छ । जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर अर्जेन्ट सेन्ट क्लाउड हस्पिटल लगिएको थियो…

Comments Off on नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

चेपारे कुरा बिक्दैन भन्ने राम्ररी थाहा भए पनि केही मान्छेहरू त्यस्ता कुरा बोल्न छाड्दैनन् । खासगरि नेतृत्वमा भएका मान्छेहरू चेपारे कुरा बोल्न खप्पीस हुन्छन् । सार्वजनिक ठाउँमा चेपारे कुरा गर्ने यी ठूलेहरू व्यवहारमा कति उल्टा हुन्छन् भन्ने कुरा एक नम्बरको अनाडिले पनि बुझेको छ हिजोआज । तर ठुलेहरू चेपारे शैली छाड्दैनन् । यो उनीहरूको विशेषता हो । यो वास्तवमा हाम्रो…

Comments Off on राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

यी यावत पृष्ठभूमिमा भारतीय गुप्तचरहरूले कमजोर पात्रलाई प्रयोग गरेर संघलाई कमजोर बनाउने (वा टुक्राउने) खेल भएको दावी गरिएको छ । यो संवेदनशील कुरा हो ।

Comments Off on एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

गैर आवासीय नेपाली संघमा भुसको आगो

गैर आवासीय नेपाली संघकी पूर्व सचिव एवं गत निर्वाचनमा महासचिवकी प्रतिद्वन्दी जानकी गुरुङ्गले संघको संपूर्ण हरहिसाब सार्वजनिक गर्न माग गरेकी छन् । चुनाव सकिए पनि आर्थिक विवरण दुरूस्त पेश नभएको भन्दै उनले निर्वाचन समितिउपर गरिएका सबै उजुरीहरुको छानविनको माग समेत गरेकी छन् । उनले संस्थालाई विधानसम्मत नचलाएर एकलौटी पाराले चलाइएको आरोप समेत लगाएकी छन् । तीन महिनाअघि काठमाडौंमा सम्पन्न गैरअवासीय…

Comments Off on गैर आवासीय नेपाली संघमा भुसको आगो

मलेसियामा ६ महिनामा १९३ अवैधानिक नेपाली कामदार पक्राउ

मलेसियामा १ सय ९३ जना अवैधानिक नेपाली कामदार पक्राउ परेका छन् । मलेसियामा अवैधानिक रुपमा बस्दै आएका विदेश कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान अन्तर्गत सन् २०१९ को ६ महिना भित्रमा १ सय ९३ जना नेपालीसहित ९ हजार ६ सय ५४ जना अवैधानिक विदेशी कामदार पक्राउ परेको मलेसियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै इन्डोनेसियाका नागरिक ३…

Comments Off on मलेसियामा ६ महिनामा १९३ अवैधानिक नेपाली कामदार पक्राउ

२०६ नेपाली मलेसियाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्। दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र…

Comments Off on २०६ नेपाली मलेसियाली जेलमा

बेलायतमा एक वर्षमा ६ लाख आप्रवासी

यूरोपेली संघ बाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ।…

Comments Off on बेलायतमा एक वर्षमा ६ लाख आप्रवासी

अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेजले समस्यामा नेपाली विद्यार्थी

गलत सूचनाका साथ मार्के्टिंग गरेको लगायत कैयौं बुँदामा प्रचलित नियम मिचेको भन्दै अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेज  गरिएको छ ।शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज भएको हो । यो कलेजमा करिब १२ सय नेपाली विद्याथी अध्यनरत छन्। कलेजले भने  यसका विरुद्ध अपील गर्ने जनाएको…

Comments Off on अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेजले समस्यामा नेपाली विद्यार्थी

अष्ट्रेलियाको समुन्द्रमा डुबेर फेरी अर्का नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियामा फेरी एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका छन्। चेतन सापकोटा नाम गरेका ति नेपाली विद्यार्थी न्यूसाउथवेल्सको रोयल नेशनल पार्कमा रहेको फिगर एट पुल्समा बेपत्ता भएको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरीले स्थल, हवाई र पानीमा नै खोजी कार्य अघि बढाएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। सोमबारका लागि त्यस क्षेत्रको मौसम अनुकूल…

Comments Off on अष्ट्रेलियाको समुन्द्रमा डुबेर फेरी अर्का नेपाली विद्यार्थी बेपत्ता

अमेरिकामा पनि छ, नेपालीपन

आफ्नो मौलिक संस्कार, संस्कृति तथा भाषा, धर्म जोगाउन अमेरिकामा रहेका नेपालीलाई धौधौ छ। उनीहरूले भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व सम्झिएका छन्। ‘नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र भाषा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो’, ८६ वर्षीय हस्तबहादुर खड्का भन्छन्। उनी २० वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन्। हस्तबहादुरको पुस्ता र अधबैंसेहरूको समूह नेपाली धर्म, संस्कार जगेर्ना गर्न सक्रिय भएर लागेको पाइन्छ। अमेरिकाका…

Comments Off on अमेरिकामा पनि छ, नेपालीपन

दक्षिण कोरियामा ‘नेपाल डे’

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ एनआरएन कोरिया, नेपाली विद्यार्थी समाज (सोन्सिक) को संयुक्त आयोजनामा राजधानी सोलमा नेपाल डे मनाइएको हो । कोरियन पर्यटकलाई आकर्षण गर्दै नेपाल जान उत्प्रेरणा गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाल डेमा सोल महानगरपालिका, नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको थियो । सोलको…

Comments Off on दक्षिण कोरियामा ‘नेपाल डे’

नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ (नेजा) मा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको हो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो । अमेरिका र क्यानडाका विभिन्न राज्यमा…

Comments Off on नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व