मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु…

Comments Off on मलेसियामा एक नेपालीको मृत्यु

कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा मिलियन युरो (करिब ६ करोड रूपैयाँ) नगद जफत भएको छ । अनाैठो गन्ध आएपछि छिमेकीहरूले प्रहरीलार्इ खबर गरेको र उसको घर परिपरिको जग्गाबाट ५०० गाँजाका…

Comments Off on कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

दस दिने गेन्ट फेस्टिबल शुरू

दस दिने गेन्ट फेस्टिबल अस्ति शुक्रवार शुरू भएको छ । पहिलो दिनमा करिब ९० हजार उपस्थिति रहेको अनुमान गरिएको छ । बेल्जियमको गेन्ट फेस्टिबल फ्लान्डर्सका चर्चितमध्येको एक हो । शुरूवातको पहिलो दिन सापेक्षिक रूपमा शान्त रहेको प्रहरीले जनाएको छ । तैपनि ७३ जनाले ट्राफिक जरिवाना र ६३ जनाले सार्वजनिक स्थानमा पिसाब गरेको जरिवाना पाएका थिए ।

Comments Off on दस दिने गेन्ट फेस्टिबल शुरू

बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा केही अपवादका पेशा बाहेक एक मान्छेले जीवनमा ४५ वर्ष काम गर्ने मान्यता राखिन्छ र जेसुकै पेशा गरेको भए पनि कानूनी रूपमा काम गरेपछि पेन्सनको हकदार…

Comments Off on बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए । युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।

Comments Off on बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तथा निबर्तमान सचिब बेनी ढुंगाना सम्मानित भएका हुन् । गत जुलाई १ तारिख बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भएको अवार्ड…

Comments Off on लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ । पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस…

Comments Off on बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

एक महिनामा बेल्जियमबाट ४४७ विदेशी डिपोर्ट

गत एक महिनामा मात्र बेल्जियमले ४४७ विदेशीलार्इ डिपोर्ट गरेको छ । त्यसमध्ये एक हिस्सा आपराधिक गतिविधिमा जेलमा रहेका हुन् भने बाँकी नामंजुर गरिएका शरणार्थी स्टाटसका आवेदक हुन् । सिरिया संकटपछि सन् २०१५ मा ५० हजारले बेल्जियममा शरणार्थी हुन आवेदन दिएका थिए । त्यसमध्ये आधालार्इ स्वीकार गरिएको र बाँकीलार्इ क्रमिक रूपमा डिपोर्ट गरिने यहाँका अध्यागमन मन्त्री थियो फ्रांकेनले बताएका छन् ।

Comments Off on एक महिनामा बेल्जियमबाट ४४७ विदेशी डिपोर्ट

एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

दोहाको एक कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएन) को गल्फ संयोजकमा आर. के. शर्माले उम्म्द्वारी घोषणा गरेका छन्। अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् । गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन्। आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ। जसले नयाँ…

Comments Off on एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

मलेसियामा सयजना नेपाली सहित एक हजार आप्रवासी कामदार पक्राउ

मलेसियामा एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका बताइएको छ । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान सुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् । देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी…

Comments Off on मलेसियामा सयजना नेपाली सहित एक हजार आप्रवासी कामदार पक्राउ

अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

गैर आवासिय नेपाली संघ अमेरिकाको (२०१७-२०१९ कार्यावधि) चुनाव अगष्ट १ र १२ मा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ मा अनलाईन निर्वाचन हुने जनाएको छ । प्रकासित सुचना अनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ । लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन…

Comments Off on अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

कार पार्कमा बँदेल आक्रमण

लिमबर्गको बेरिङ्गनमा एक महिलालार्इ बँदेलले आक्रमण गरी घाइते बनाइदिएको छ । जगिङ् गरेर फर्कंदै गर्दा कार पार्कमा बँदेल एक्कासी आएर हान्न थालेपछि आफ्नो कुकुरले छेकेर बचाएको पिडित भेर्ले भानहोभले बताएकी छिन् । बेल्जियममा यस्ता घटना फाट्टफुट्ट हुने गर्दछ ।

Comments Off on कार पार्कमा बँदेल आक्रमण

डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

जुलाई १ शनिवार बसेल्समा सम्पन्न नेपालका शुभेच्छुकहरूको एक भेलाले नेपाल-बेल्जियम मैत्री सँघ (Nepal-Belgium Friendship Association- BNFA) लाई पुनर्जागृत गर्दै डा. लुक बोकुरको अध्यक्षतामा तदर्थ समितिको गठन गरेको छ । डा. बोकुर नेपालमा चेपाङहरूको हितमा कृयाशील व्यक्तित्व हुन् । समितिको उपाध्यक्षमा श्रीमति हिल्द बोम्स, कोषाध्यक्षमा रवीन्द्र श्रेष्ठ र सचिवमा रोजर द ग्रोन (नेपालका अवैतनिक कन्सुलर) चयन भएका छन् । त्यस्तै भिक्टर…

Comments Off on डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

मलेसियाबाट १८ नेपालीको उद्दार

सरकारी प्रयासमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्दार गरिएको छ। व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको हो। सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको प्रमको निजी सचिवालयले जनाएको छ। १८ नेपालीको उद्दारका लागि नेपाल…

Comments Off on मलेसियाबाट १८ नेपालीको उद्दार

ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन कानून अनुसार एक जनाले १० हजार युरोसम्म नगद लैजान पाउँछ र त्यसभन्दा बढी रकम भए भन्सार अधिकारीहरूलाई जानकारी दिनुपर्छ । हालसम्म ब्रसेल्स अन्तर्राष्ट्रिय एयरपोर्टमा यस्तो…

Comments Off on ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात