अष्ट्रेलियाको समुन्द्रमा डुबेर फेरी अर्का नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियामा फेरी एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका छन्। चेतन सापकोटा नाम गरेका ति नेपाली विद्यार्थी न्यूसाउथवेल्सको रोयल नेशनल पार्कमा रहेको फिगर एट पुल्समा बेपत्ता भएको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन्।

उद्वारमा खटिएको अष्ट्रलियन प्रहरीको हेलिकोप्टर

प्रहरीले स्थल, हवाई र पानीमा नै खोजी कार्य अघि बढाएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। सोमबारका लागि त्यस क्षेत्रको मौसम अनुकूल नहुने मौसम विभागले जनाएको थियो।

न्युसाउथवेल्सका माहाबाणिज्यदूत दिपक खड्काले हराइरहेका ब्यक्ति नेपाली विद्यार्थी चेतन सापकोटा भएको पुष्टी भएसँगै उनको परिवारसम्म पुग्ने कोशिश गरिरहेको बताएका छन्।

यसअघि अल्बरीमा नदीमा बेपत्ता भएका विगुल पण्डित अझै भेटिएका छैनन् । यस्तै एडिलेडमा निश्चल घिमिरेले पनि गत डिसेम्बरमा समुद्रमै ज्यान गुमाएका थिए।