मलेसियामा ६ महिनामा १९३ अवैधानिक नेपाली कामदार पक्राउ

मलेसियामा १ सय ९३ जना अवैधानिक नेपाली कामदार पक्राउ परेका छन् ।

मलेसियामा अवैधानिक रुपमा बस्दै आएका विदेश कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान अन्तर्गत सन् २०१९ को ६ महिना भित्रमा १ सय ९३ जना नेपालीसहित ९ हजार ६ सय ५४ जना अवैधानिक विदेशी कामदार पक्राउ परेको मलेसियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै इन्डोनेसियाका नागरिक ३ हजार ७ सय ६७ रहेका छन् ।

अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारको खोजीका लागि ६ महिना भित्रमा ८ हजार भन्दा धेरै पटक प्रहरी परिचालन गरिएको र सो क्रममा १ लाख भन्दा धेरै विदेशी नागरिकको जाँच गरिएको समाचारमा जनाइएको छ ।