एन.आर.एन. बेल्जियम- अन्तर्राष्ट्रिय बेइज्जती ?

nrnघटीमा ६ हजार ( केहीको अनुमानमा १० हजार, गैर कानूनी रूपमा रहेकाको गणना मुस्कील भएकोले यकीन सँख्या भन्न नसकिने)  नेपालीहरूले भरिएको युरोपको सानो र समृद्ध राष्ट्र बेल्जीयममा नेपालीका ६० भन्दा ज्यादा सँघ- संगठनहरू सक्रिय छन् । यी सँस्थाहरूमा जिल्लागत, जातिगत र राजनीतिक पार्टीगत रूपमा नेपालको प्रतिबिम्ब देखिन्छ र, प्रष्टै रूपमा घरदेशको जस्तै नेतागिरी र भाटगिरी चल्छ । त्यसबाहेक भाषा, संस्कृति, च्यारिटी र खेल क्षेत्रमा सक्रिय सँस्थाहरू पनि चाँदीको घेरा झैं नेपाली समुदायमा रहेका छन् ।

यी ६० सँस्थाका ६० ‘अदक्ष’ हरूको आसनमाथि अर्को ठूलो ‘अदक्ष’ को सिंहासन छ । अर्थात एन. आर. एन. । एन. आर. एन. अभियानको यात्रा लम्बिंदै जाँदा थुप्रै देशहरूका राष्ट्रिय कमिटीहरू कुहिरोको काग जस्तै बन्दै गइरहेका छन् । च्याउ उम्रे झैं खुलेका सँस्थाहरूको हुलमा एन. आर. एन.को भूमिका के हुने भन्ने अन्यौल देखिन्छ । अनि यी एन. आर. एन. का राष्ट्रिय कमिटीहरू जताततै हात हाल्ने र कतै काम गर्ने र कतै सिर्फ सिनेमा देखाउने बनेका छन् ।

यहाँ सन्दर्भ छ, बेल्जियमको । यहाँको एन. आर. एन. पनि कुहिरोको काग जस्तो लाग्छ । (more…)

Comments Off on एन.आर.एन. बेल्जियम- अन्तर्राष्ट्रिय बेइज्जती ?

अरबमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै

suicideवैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका नेपालीहरु समुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ। तीन वर्र् दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या २ सय २५ पुगेको छ। यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन्। राम्रो कमाइ गर्ने र परिवारमा सुख समृद्धि ल्याउने उद्देश्यले दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन्। गएको ३ वर्षमा २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ। UAE स्थित नेपाली दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ। यसमध्ये झण्डै दुई दर्जनले विरक्तिएर समुन्द्रमा हाम फालेर आत्महत्या गरेका छन् भने केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको छ।  (more…)

Comments Off on अरबमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै

अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

-अर्जुन भण्डारी, वाइन उद्यमी                                                                                                                                                                 मेरा बुबाआमा, आफन्त सबै नेपाली । जन्मभूमि नेपाल । तर, म अहिलेचाहिँ हुँ अस्ट्रेलियन नागरिक । Arjun-Bhandariअस्ट्रेलियामा दुईटा घर थिए मेरा । राम्रो जागिर थियो, निकै राम्रो आम्दानी हुन्थ्यो । तर, शरीरमा बगिरहने नेपाली रगत अस्टेलियन भूमिमा रमाउनै सकेन । सबै थियो, तैपनि के नपुगेनपुगेजस्तो शून्यताले खाइरह्यो । मनले सधैँभरि हुटहुटी लगाइरह्यो– ‘यहाँ नबस, नेपालै जा । जे गर्नु छ मातृभूमिमै गर ।’ तुलनात्मक रूपमा नेपालमा निकै अभाव छ तर पनि आफ्नो नाभि गाडिएको भूमिजति प्यारो अर्को हुँदो रहेनछ । सिड्नीका मनोरम दृश्य र उच्च जीवनशैलीसँग अभ्यस्त बनाउन निकै प्रयास गरेँ, यो नेपाली चित्तलाई । तर, मान्दै मानेन । सम्भ्रान्त सहरका मगमगाउँदा बगैँचाभन्दा आफ्नै गन्हाउने टुकुचा प्यारो लाग्न थाल्यो । अनि त के थियो, चटक्कै छाडिदिएँ त्यो वैभवपूर्ण जिन्दगी । फर्किएँ आफ्नै जन्मभूमि । (more…)

Comments Off on अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

जापानमा नेपाली विद्यालय

नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन जापानमा पहिलो नेपाली विद्यालय स्थापना भएको छ । ‘एभरेष्ट इन्टरनेशनल स्कुल’ निजी क्षेत्रबाट स्थापित विदेशको पहिलो नेपाली विद्यालय भएको दाबी गरिएको छ । राजधानीमा बुधबार भएको अन्र्तक्रियामा नेपाल एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठले उक्त विद्यालय नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा आधारित हुने जानकारी दिए । ‘जापानमा रहेका नेपाली समूदायमा…

Comments Off on जापानमा नेपाली विद्यालय

यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

अमेरिका अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र  यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित  छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार  भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ । (more…)

Comments Off on यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

मानव तस्करको जालो

human traffickingकोही १५–१६ वर्षका किशोरी, कोही पहिलो पटक शहर आए झै देखिने सामान्य लवाइखवाइका महिला अनि कोही कठ्यांग्रिने जाडोमा कुर्कुच्चा पटपटी फुटे पनि चप्पल मात्र लगाएका पुरुष । कोही दुबई, कोही कतार त कोही मलेशिया हिंडेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सोधखोज गर्दा सबैबाट ‘घुम्न जान लागेको’ भन्ने एउटै जवाफ आयो । उनीहरूसँग बढीमा दुई महीनासम्मको ‘भिजिट भिसा’ लागेको राहदानी, दुईतर्फी प्लेन टिकट, केही जोर लत्ताकपडा र ५०० अमेरिकी डलर थियो ।विमानस्थल प्रहरीका अधिकारीहरूले सोधखोज कडा बनाउँदा वास्तविकता खुल्यो– उनीहरू ‘भिजिट भिसा’मा विदेश ‘घुम्न हिंडेका’ नभई अन्तर्राष्ट्रिय मानव तस्करीको जालोमा परेका निर्धा नेपाली कामदार थिए, जसलाई राज्यको आँखा छल्न ‘पर्यटक’ बनाइएको थियो ।

त्यसपछि कडाइ थालेको प्रहरीले तस्करहरूले दैनिक १०० देखि १५० जनासम्म नेपालीलाई मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाटै लैजाने गरेको र यो क्रम करीब चार वर्षदेखि चलिरहेको डरलाग्दो तथ्य फेला पायो । यो हिसाबले वार्षिक कम्तीमा डेढदेखि दुईलाख नेपालीलाई यसरी विदेश पुर्याइएको देखिन्छ । (more…)

Comments Off on मानव तस्करको जालो