गैर आवासीय नेपाली संघमा भुसको आगो

गैर आवासीय नेपाली संघकी पूर्व सचिव एवं गत निर्वाचनमा महासचिवकी प्रतिद्वन्दी जानकी गुरुङ्गले संघको संपूर्ण हरहिसाब सार्वजनिक गर्न माग गरेकी छन् । चुनाव सकिए पनि आर्थिक विवरण दुरूस्त पेश नभएको भन्दै उनले निर्वाचन समितिउपर गरिएका सबै उजुरीहरुको छानविनको माग समेत गरेकी छन् । उनले संस्थालाई विधानसम्मत नचलाएर एकलौटी पाराले चलाइएको आरोप समेत लगाएकी छन् ।

तीन महिनाअघि काठमाडौंमा सम्पन्न गैरअवासीय नेपाली संघको निर्वाचनका बेला मतदाता नामावलीलगायत विविध विषयमा उजुरी परेको थियो ।

उनले निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक गर्न, महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा, विशेष समिति हैन अव विशेष साधारण सभा बोलाई छलफल गर्न पनि माग गरेकी छन् ।

यसअघि अध्यक्षका पराजित उमेदवार कुल आचार्यले यस्तै माग राखी लन्डनमा पत्रकार सम्मेलन गरेका थिए । आचार्य र गुरूङको मागले संघको आन्तरिक किचलोलाई उजागर गरेको छ ।