उफ्! युरोपमा हुर्केका केटाकेटी …

दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो । एकाध वर्षपछि उसले असलियत बुझ्दैछ । ती धनी बाबुका छोराछोरी दीपकसँग नजिकिएका, रत्तिएका त उसको साथमा भैरहने जडीबुटीले पो रहेछ ! “मान्छे एक जूनी जिउँछ । मस्ती गर्नुपर्छ”, दीपकले भन्यो…

Comments Off on उफ्! युरोपमा हुर्केका केटाकेटी …

एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा आएको माओवादी, राजावादी र जनजातिवादीको गुटीय समझदारी । रमाइलो त के छ भने प्रवासी नेपाली मंचले यसअघि माओवादीसँग यस्तै समझदारी गरेको थियो । तर त्यसको…

Comments Off on एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण हुन थालेको छ र यसले सन्निकट निर्वाचनमा थप मलजल पाउने र एनआरएन अभियानलाई बदनाम गराउने आशंका बढेको छ । संघका अध्यक्ष शेष घले र महासचिव…

Comments Off on एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ थुप्रिन्छन्, युरोपेली रेसिडेन्सी पर्मिट पाउने आशामा । तर नेपालीहरको जहाँ जहाँ जमघट धेरै हुन्छ, विकृतिहरू शुरू भैहाल्छ । सामान्यतः नेपालीहरूलाई  इमान्दारको रुपमा हेरिने भए पनि…

Comments Off on पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ । यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन स्टेसनहरू अन्तर्राष्ट्रिय सेवासँग जोडिएका छन् । यस कदमलार्इ एनभेआका अध्यक्ष तथा एन्टवर्प नगरका मेयर बार्त द वेभरले सामान्य मापदण्ड बताएका छन् । उनले भने- 'एयरपोर्टमा…

Comments Off on ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।

Comments Off on क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

- डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई सेवा गर्न चाहने सहयोगी हात र समझदार आत्माहरुको आकर्षण एनआरएन सँघमा झन-झन बढीरहेको देखिन्छ र नेतृत्वको लागि प्रतिस्पर्धा तिब्र बनेको छ । यही उत्प्रेरणा र उत्साहबीच दशौं एनआरएनसँघ युरोपेली क्षेत्रिय बैठक र आठौं महिला भेलाको…

Comments Off on र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा आईतबार चिन्तामणी सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा सापकोटाले ५ सय १८ मत तथा उनका प्रतिद्वन्दी गौतम गुरुङले ४ सय ७१ मत प्राप्त गरेका थिए। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। यस्तै उपाध्यक्षमा सुनिल रानाभाट र पेशलकुमार कोईराला विजयी भएका छन्। त्यस्तै सचिवमा दिनेश कुमार गिरी र लोकबन्धु बस्नेत निर्वाचित भउका छन्। यसअघि महिला…

Comments Off on एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

एनआरएन चेक रिपब्लिकमा चिरन्जीवि खड्का

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा चिरन्जीवि खड्का चयन भएका छन् । समितिको उपाध्यक्षहरुमा रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पाण्डव अधिकारी चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा लोक बहादुर अधिकारी, दुर्गा बस्याल, शिव खरेल, बिष्णु रायमाझी र दिलिप पन्थी चयन भएका छन् । संघको आइतवार सम्पन्न भेलाले उनको…

Comments Off on एनआरएन चेक रिपब्लिकमा चिरन्जीवि खड्का

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु…

Comments Off on मलेसियामा एक नेपालीको मृत्यु

उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । मृत मगरको…

Comments Off on उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा मिलियन युरो (करिब ६ करोड रूपैयाँ) नगद जफत भएको छ । अनाैठो गन्ध आएपछि छिमेकीहरूले प्रहरीलार्इ खबर गरेको र उसको घर परिपरिको जग्गाबाट ५०० गाँजाका…

Comments Off on कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

सुनिललार्इ फकाउँदै कपिल शर्मा

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि 'द कपिल शर्मा शो' को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । यही गुनासोलार्इ सम्बोधन गर्न कपिलले प्रयास गरेका हुन् । कपिललाई प्रश्न गर्ने अवसर आउँदा सबै फ्यानहरूले सुनिललाई कहिले शोमा फर्काउनुहुन्छ भनी सोध्छन् । केही दिनअघि…

Comments Off on सुनिललार्इ फकाउँदै कपिल शर्मा

बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्। तर, फेरि कुनै फिल्म फ्लप भए तुरून्तै कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। केही भारतीय मिडियाहरूले बलिउडका नायिकाहरूको  पारिश्रमिकको चर्चा गरेका छन् ।…

Comments Off on बलिउडका नायिकाहरूको  पारिश्रमिक

दस दिने गेन्ट फेस्टिबल शुरू

दस दिने गेन्ट फेस्टिबल अस्ति शुक्रवार शुरू भएको छ । पहिलो दिनमा करिब ९० हजार उपस्थिति रहेको अनुमान गरिएको छ । बेल्जियमको गेन्ट फेस्टिबल फ्लान्डर्सका चर्चितमध्येको एक हो । शुरूवातको पहिलो दिन सापेक्षिक रूपमा शान्त रहेको प्रहरीले जनाएको छ । तैपनि ७३ जनाले ट्राफिक जरिवाना र ६३ जनाले सार्वजनिक स्थानमा पिसाब गरेको जरिवाना पाएका थिए ।

Comments Off on दस दिने गेन्ट फेस्टिबल शुरू