दस दिने गेन्ट फेस्टिबल शुरू

दस दिने गेन्ट फेस्टिबल अस्ति शुक्रवार शुरू भएको छ । पहिलो दिनमा करिब ९० हजार उपस्थिति रहेको अनुमान गरिएको छ ।

बेल्जियमको गेन्ट फेस्टिबल फ्लान्डर्सका चर्चितमध्येको एक हो ।

शुरूवातको पहिलो दिन सापेक्षिक रूपमा शान्त रहेको प्रहरीले जनाएको छ । तैपनि ७३ जनाले ट्राफिक जरिवाना र ६३ जनाले सार्वजनिक स्थानमा पिसाब गरेको जरिवाना पाएका थिए ।