एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा आईतबार चिन्तामणी सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा सापकोटाले ५ सय १८ मत तथा उनका प्रतिद्वन्दी गौतम गुरुङले ४ सय ७१ मत प्राप्त गरेका थिए। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्।

यस्तै उपाध्यक्षमा सुनिल रानाभाट र पेशलकुमार कोईराला विजयी भएका छन्।

त्यस्तै सचिवमा दिनेश कुमार गिरी र लोकबन्धु बस्नेत निर्वाचित भउका छन्।

यसअघि महिला उपाध्यक्षमा सीता सिंह महर्जन, महासचिवमा कृष्णप्रसाद भुसाल, कोषाध्यक्षमा बिशाल ढुंगाना, युवा संयोजकमा रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्विरोध निर्वाचित भैसकेका थिए।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना, सन्तोष पौडेल, किरण चालिसे(प्रकाश), ज्ञानबहादुर बस्नेत, नेहा शर्मा कँडेल, उमेश पुरी, सानु राउत, हिरालाल सापकोटा(डायमण्ड), सरोज कंडेल, टिकाराम कंडेल(शास्त्री) र पशुपति कँडेल निर्बिरोध चुनिएका छन्।

 

युरोपमा नेपालीहरूको बाक्लो बस्ती भएका देशहरूमा स्पेनलार्इ पनि लिइन्छ । यहाँ  १ हजार ४ सय ६ जनाले गैरआवासीय नेपाली संघको सदस्यता लिएका छन् ।