ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे भने दाजुभाई पनि "सुत्केरीको नाउ परि टाउको मैले खायाँ" भने जस्तै गरि मौका पाउने बित्तिकै नाचिहालेको थियो। संस्थाको महासचिब हरी कृष्ण श्रेष्ठले  कार्यक्रम सन्चालन् गरेको थियो भने सांस्कृतिक कार्यक्रम लाइ शुसिला रोक्का र मन्जु भुसालले अतिनै मनमोहक ढंगले चलाएका थिए | डि. जे. देवकाजी गुरुङले  सांगीतिकपक्ष हेर्नुभएको थियो | ब्यवस्थापनले महिला-पुरुष सबैलाईलाई निसुल्क  प्रवेश तथा नि:सुल्क खानाको व्यवस्था गरेको थियो |   एस तीज कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्तीबिसेषबाट पनि अर्थिक सहयोग आएको थियो। यतीमात्रै नभएर क्लबका सकृय साथीहरुले  भएभरको दिल, दिमाग र मेहनत लगाएर एस कार्यक्रम सफल बनाएक थिए। जस्मा :- टेबुल कुर्चीमिलाउने: अर्जुन घिमिरे, नारायण सापकोटा, राजन थापा, मोहन रोक्का , शान्तामानी सृम्खादा, नरेश खड्का, र तेजेन्द्र रोक्का ड्रिण्क्स बारमा: कृष्ण भण्डारी यातायातमा: अर्जुन घिमिरे.हरी कृष्ण श्रेष्ठ, तेजेन्द्र रोक्का र संगीत समायोजन: येदिना के. सी., देवकाजी गुरुङ हल सजाउने मिलाउने: तेजेन्द्र रोका, हरी कृष्ण श्रेष्ठ, नरेश खड्का , मोहन रोका , राजन थापा, नारायण सापकोटा…

Comments Off on ब्रसेल्समा भब्यताकासाथ तीज सफल

बार्सिलोना घटनापछि ब्रसेल्समा विशेष सावधानी

ब्रसेल्सको सपिङ स्ट्रिट 'सिटी टु' एरियामा विशेष खालको अवरोध पोस्ट राखिने भएको छ । बार्सिलोनाको राम्ब्लासमा भएको आतंककारी घटनापछि सो निर्णय लिइएको हो । 'सिटी टु' एरियाका ब्यापारीहरू बार्सिलोनाको जस्तो घटना दोहोरिने हो की भनी चिन्तित बनेका छन् । यही चिन्ता र आतंकको छायाँबाट बँच्न ब्रसेल्स नगरपालिकाले सो निर्णय लिइएको जनाएको छ । सपिङ स्ट्रिट 'सिटी टु' केही वर्षअघि मात्र पुनर्निमित गरिएको…

Comments Off on बार्सिलोना घटनापछि ब्रसेल्समा विशेष सावधानी

यूकेमा एनआरएनसंघप्रति कम चासो

गैरआवासीय नेपाली संघ यूकेमा जम्मा ३ हजार ६ सय ४४ साधारण सदस्य कायम भएका छन् । बेलायत, युरोपमा नेपालीहरूको सबैभन्दा पुरानो बस्ती भएको देश हो र अहिले पनि युरोपमा सबैभन्दा बढी नेपालीहरू यहिँ बस्छन् । बेलायतमा ५० हजारभन्दा बढी नेपाली (मूलका) रहेका छन् । तर गैरआवासीय नेपाली संघको सदस्यता दिने क्रममा उदासिन देखिएका छन् । सदस्यता विस्तार हुन नसके पनि युके…

Comments Off on यूकेमा एनआरएनसंघप्रति कम चासो

बाढीले बगाएको दोस्रो गैँडालाई पनि भारतबाट उद्धार गरी ल्याइयो

अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु-याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा पु-याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपु-याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट…

Comments Off on बाढीले बगाएको दोस्रो गैँडालाई पनि भारतबाट उद्धार गरी ल्याइयो

एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ । संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गरेको हो । भर्खरै जारी गरिएको सूचनामा के कारणले निर्वाचन स्थगित गरिएको हो स्पष्ट जानकारी दिएको छैन । तर टेनेसी अदालतको कारण देखाउ…

Comments Off on एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ । अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको छ । खासगरी नेदरल्याण्डमा उत्पादित अण्डामा यो समस्या देखिएको समाचारमा बताइएको छ । नेदरल्याण्डको २० प्रतिशत अण्डा संक्रमित भएपछि सुपरमार्केटहरूले अण्डा बेच्न छोडेका छन् । उत्पादकहरूले…

Comments Off on अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेद्वारीबारे बल्झेको विवाद झन् बल्झिएको छ । केन्द्रीय कार्यदलले दिएको सुझावविपरित एनआरएन अमेरिकाकी निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले जोशीको उम्मेद्धारीको लागि आवश्यक योग्यता नपुगेको कुरा फेरि दोहोर्याएपछि विवाद अझ गाँठो परेको हो । उनले तीन कार्यकाल पुरा भइसकेको एनआरएन राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बन्न कम्तीमा एक कार्यकाल एनआरएन एनसीसी वा आइसीसीको पदाधीकारी भएको हुनुपर्ने…

Comments Off on एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

ब्रसेल्समा तीज मनाइने

आउँदो जुलाई २० आइतबार ब्रसेल्समा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम आयोजना हुने भएको छ।   नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर तीजको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान गर्ने भएको हुदा आगामी अगस्त २० तारिख आइतबार  बेल्जियममा रहनु भएका सम्पूर्ण दिदिबहिनीहरु तथा दाजुभाइहरुको उपस्थितिकाको लागि…

Comments Off on ब्रसेल्समा तीज मनाइने

सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

गत जनवरीदेखि हालसम्म बेल्जियमको वेस्ट फ्लान्डर्स प्रान्तमा मात्र ३,०७६ जना गैरकानूनी आप्रवासी पक्राउ परेको सो प्रान्तका गभर्नरले उल्लेख गरेका छन् । पछिल्लो दुई महिनामा हरेक हप्ता सरदर एक सय जना पक्राउ परिरहेको उनले बताए । वेस्ट फ्लान्डर्स नर्थ सीसँग जोडिएको बेल्जियमको पश्चिमी प्रान्त हो । जहाँबाट इङ्गलिस च्यानलको साँघुरो सामुद्रिक यात्रा पार गरी यु.के. पुग्न सकिन्छ । समातिएका गैरकानूनी मान्छेहरू…

Comments Off on सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

गैरआवासीय नेपाली  (एनआरएन) संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष काउम्मेदवार रहेका गौरीराज जोशीको योग्यताबारे निर्णय गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा सोमबार राती अबेरसम्म भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा केन्द्रिय संरक्षक दिल गुरुङ र केन्द्रिय सल्लाहकार विश्वआदर्श पण्डित रहेको तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अवधी एक साता तोकिएको छ र कार्यदलको…

Comments Off on एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

प्रवासमा नेपाली पाठशालाको प्रसंग

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन् ।…

Comments Off on प्रवासमा नेपाली पाठशालाको प्रसंग

मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

मेक्सिको बोर्डरनजिक अमेरिकाको टेक्सासस्थित सान एन्टोनिओ शहरमा पार्किङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । सान एन्टोनिओको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक कर्मचारीसंग पानी मागेका थिए र पानी दिन जाँदा ति कर्मचारीले ८ जनाको शव देखेपछि घटना बाहिर आएको हो । ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले…

Comments Off on मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर पत्रकारहरूलाई छक्क बनाइदिए । ब्रसेल्समा स्लोभाकियन प्रधानमन्त्रीसँग भएको संयुक्त पत्रकार सम्मेलनका बेला उनलाई मेर्केलको कल आएको थियो । उनले श्रीमतिको होला भन्दै स्क्रिनमा हेरे र…

Comments Off on इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो । मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित  सो कार्यक्रममा आदिकवि भानुभक्त  आचार्य  र युवाकववि मोतीराम भट्टको  व्यक्तित्वमाथि प्रकाश पारिएको थियो भने थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू  वाचन गरेका थिए…

Comments Off on मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे । सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु…

Comments Off on नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा