लोकतन्त्रको लोकलाज
- पंचम अधिकारी मुलुकमा चुनावको हावा लागेको छ र मेरो भाइ भने ‘राइट टु रिजेक्ट’ मागिरहेको छ । ऊ भन्छ- ‘नत्र भोट हाल्न बुथमा पनि जान्न ।’ ‘चुनावमा भोट नहालेर के गर्छस् त ?’ मैले सोधेँ । ‘केही गतिलो काम’, उसले भन्यो । ‘जस्तो कि, घरमा बसेर गीत सुने भो वा हजुरआमाको कपाल रंगाइदिए भो । केही उपती त हुन्छ…