मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

मेक्सिको बोर्डरनजिक अमेरिकाको टेक्सासस्थित सान एन्टोनिओ शहरमा पार्किङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । सान एन्टोनिओको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक कर्मचारीसंग पानी मागेका थिए र पानी दिन जाँदा ति कर्मचारीले ८ जनाको शव देखेपछि घटना बाहिर आएको हो ।

ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले नखुलाए पनि अन्य २० जनालाई गम्भीर अवस्थामा फेला पारिएको र उनीहरुलाई स्थानीय अस्पताल पुर्याइएको जानकारी प्रहरीले दिएको छ । यस घटनाबारे मानव तस्करीसँग जोडेर छानबिन भइरहेको छ ।

थुप्रै नेपालीहरू मेक्सिको हुँदै दलालहरूको सहयोगमा अमेरिका छिर्ने गर्छन् । ती मृतकहरूको राष्ट्रियता अझैसम्म नखुलाइए पनि दक्षिण एशियाली हुन् भन्ने खालको समाचार आएको छैन ।