बार्सिलोना घटनापछि ब्रसेल्समा विशेष सावधानी

ब्रसेल्सको सपिङ स्ट्रिट ‘सिटी टु’ एरियामा विशेष खालको अवरोध पोस्ट राखिने भएको छ । बार्सिलोनाको राम्ब्लासमा भएको आतंककारी घटनापछि सो निर्णय लिइएको हो ।

‘सिटी टु’ एरियाका ब्यापारीहरू बार्सिलोनाको जस्तो घटना दोहोरिने हो की भनी चिन्तित बनेका छन् । यही चिन्ता र आतंकको छायाँबाट बँच्न ब्रसेल्स नगरपालिकाले सो निर्णय लिइएको जनाएको छ । सपिङ स्ट्रिट ‘सिटी टु’ केही वर्षअघि मात्र पुनर्निमित गरिएको थियो । र अब त्यसैको संरचनामा परिवर्तन गरी नयाँ बार राख्ने र स्थानीय ब्यापारीहरूलाइ सजिलो हुन गरी खास खास समयमा फुकुवा गरिने बताइएको छ ।