एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेद्वारीबारे बल्झेको विवाद झन् बल्झिएको छ । केन्द्रीय कार्यदलले दिएको सुझावविपरित एनआरएन अमेरिकाकी निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले जोशीको उम्मेद्धारीको लागि आवश्यक योग्यता नपुगेको कुरा फेरि दोहोर्याएपछि विवाद अझ गाँठो परेको हो ।

उनले तीन कार्यकाल पुरा भइसकेको एनआरएन राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बन्न कम्तीमा एक कार्यकाल एनआरएन एनसीसी वा आइसीसीको पदाधीकारी भएको हुनुपर्ने बैधानिक प्रावधानका कारण जोशीको योग्यता नपुगेको कुरामा जोड दिइन ।

विवादवारे संचारकर्मी बिजय थापासंग आइतवार कुराकानी गर्दै निर्वाचन समिती प्रमुख दाहाल शर्माले एनआरएन अमेरीकाको अध्यक्ष पदका लागि जोशीको उम्मेद्धारीको योग्यता नपुगेको दोहोर्याउँदै उम्मेद्धारी बदर गर्ने निर्णय ठिक भएको स्पष्ट पारिन् ।

उनले निर्धारीत मितिमै निर्वाचन सम्पन्न हुने दावी गरिन् ।

यो विवादमा आई.सी.सी. अध्यक्ष शेष घले र महासचिव बद्री के.सी. पक्ष-विपक्षमा उभिएपछि फ्रेंकफर्टमा सम्पन्न युरोपेली बैठकका क्रममा सम्पन्न आई.सी.सी. बैठकमामा समेत चर्को कुरा उठेको थियो । र विधान समितिका संयोजक हेमराज शर्माको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलको फ्रयाङफर्डमा सम्पन्न बैठकले गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा गौरी जोशी उम्मेदवार बन्न योग्य भएको ठहर यसै हप्ता गरेको थियो ।