अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ ।

अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको छ । खासगरी नेदरल्याण्डमा उत्पादित अण्डामा यो समस्या देखिएको समाचारमा बताइएको छ । नेदरल्याण्डको २० प्रतिशत अण्डा संक्रमित भएपछि सुपरमार्केटहरूले अण्डा बेच्न छोडेका छन् । उत्पादकहरूले संक्रमित विकासे कुखुराहरू नष्ट गरेका छन् ।

बेल्जियमको खाद्य सुरक्षा संस्थाले ५७ कम्पनीका अण्डा विक्रीमा प्रतिबन्ध लगाई अनुसन्धान गरिएको बताएको छ । तर प्रारम्भिक नतिजामा बेल्जियममा ठुलो खतरा नरहेको बताएको छ । Fipronil को मात्रा खतराको लेबलभन्दा कमै पाइएको बताएको छ । कसैले अत्यधीक धेरै विकासे अण्डा खाए मात्रै हानी गर्ने लेबलमा छ, खाद्य सुरक्षा संस्थाको रिपोर्ट उल्लेख गर्दै बेल्जियन कृषि मन्त्री डेनिस दुकार्मले बेल्जयन मिडियालाई बताए ।

बेल्जियमको उपभोक्ता संरक्षण संस्थाले सुपर मार्केटहरूले कुनै कम्पनीको अण्डा बेच्ने र कुनै कम्पनीको हटाउने गर्दा उपभोक्ताहरूमा अनिश्चय छाएको उल्लेख गर्दै यथार्थ विवरण पारदर्शी गर्न अनुरोध गरेको छ ।