यूकेमा एनआरएनसंघप्रति कम चासो

गैरआवासीय नेपाली संघ यूकेमा जम्मा ३ हजार ६ सय ४४ साधारण सदस्य कायम भएका छन् ।

बेलायत, युरोपमा नेपालीहरूको सबैभन्दा पुरानो बस्ती भएको देश हो र अहिले पनि युरोपमा सबैभन्दा बढी नेपालीहरू यहिँ बस्छन् । बेलायतमा ५० हजारभन्दा बढी नेपाली (मूलका) रहेका छन् । तर गैरआवासीय नेपाली संघको सदस्यता दिने क्रममा उदासिन देखिएका छन् । सदस्यता विस्तार हुन नसके पनि युके विवादका लागि भने चर्चित छ । यसअघि यहाँ समानान्तर समितिहरू गठन भएर गैरआवासीय नेपाली संघ आइसीसीको टाउको दुःखाइ भएको थियो । पदका लागि झगडा गर्ने तर सदस्यता विस्तार नगर्ने समस्या गैरआवासीय नेपाली संघ यूकेमा देखिएको छ ।

यही क्रममा, संघको ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले आइतवार साँझ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

१९ अगष्टसम्ममा दावी बिरोध परेका सदस्यता माथि छानविन गरि मतदाता नामावली अन्तिम रुप दिएको हो । निर्वाचन समितिका अनुसार मतदाताको संख्या ३६ सय ४४ कायम भएको छ । यस्तै उम्मेदवारको मनोनयन दर्ताका लागि अगस्ट २६ गते तय गरिएको छ ।