एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ ।

संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गरेको हो । भर्खरै जारी गरिएको सूचनामा के कारणले निर्वाचन स्थगित गरिएको हो स्पष्ट जानकारी दिएको छैन । तर टेनेसी अदालतको कारण देखाउ आदेश नै सोको कारण हो भन्ने तथ्य छर्लङ्ग छ ।

संघको अमेरिकास्थित निर्वाचन आयोगले उमेदवार हुन अयोग्य भनेर त्यसमा अडिग रहेपछि अध्यक्ष पदका प्रत्यासी गौरीराज जोशी र महासचिव उम्मेदवार पूर्ण बानियाँले निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।