नेपालद्वारा नेदरल्याण्डस पराजित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमवार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सको आमस्ट्रडम स्थित भिआरए क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७…