असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित नेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली खाना वितरण गरिने भएको छ भने सांगेतिक प्रस्तुति पनि रहेको छ  । कार्यक्रममा प्रवेश शुल्क १५ युरो रहेको छ  भने ५ वर्ष भन्दा कम उमेरका…

Comments Off on लांगेत्रापेन गोज टु गोर्खा

लेंटी फ्रान बेल्जियम सुन्दरी

अन्त्वेर्पेंन निवासी २१ वर्षीय लेंटी फ्रान मिस बेल्जियम २०१६ चयन भएकी छन । ३० जना प्रतिष्पर्धी बीच हिजो मिस बेल्जियमको घोषणा गरिएको थियो । १८ बर्षिय स्टेफेन गेलडोफ दोश्रो र बो प्रियत तेश्रो भएकी छन् । नृत्यमा रुची राख्ने फ्रान पेशाले मेडिकल विद्यार्थी हुन्।उनि यस बर्ष भरी बेल्जियम सुन्दरी भनेर चिनिने छन । फोटो/फ्लान्दर

Comments Off on लेंटी फ्रान बेल्जियम सुन्दरी

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

बेल्जियमका नेपालीहरुले पुस २७ लाई राष्ट्रिय एकता दिवस एवं २९४ पृथ्वी जयन्तीका रुपमा मनाएका छन। आइतवार प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा भएको योगदानको चर्चा गरिएको थियो। एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका प्रवक्ता सुवास गुरुङ, क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री, प्रवासी नेपाली मञ्चका गोपाल सिंखडा, सांग्रिला…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

नेपाली एकता समाज बेल्जियमले पृथ्वी जयन्ती पुस २७ लाई भव्यताका साथ मनाउने भएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९४ औँ जन्मजयन्तीको अवसरमा बेल्जियमको लुभेन स्थित रेस्टुरेन्ट डिएफसीमा यहि जनवरी १० आइतवार का कार्यक्रमको आयोजना गरिएको छ। समाजले राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाल सरकारमा सम्मिलित राजनैतिक दलहरुले राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताउदै…

Comments Off on बेल्जियममा राष्ट्रिय एकता दिवस मनाइने

गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गृह जिल्ला पुगेर सभापतिको उम्मेदवारी घोषणा गर्ने बताएकी छन । प्रेस युनियन सल्यानले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन “अहिले कार्यकर्ता भेटघाटमा छु, कार्यकर्ताको सुझावकै आधारमा सभापतिका लागि उम्मेदवारी दिन्छु।” पार्टीभित्र देखिएको विभिन्न गुट उपगुट आसन्न महाधिवेशनबाट समाप्त भएर जाने दाबी गर्दै भनिन  “सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन नेतृत्व हस्तान्तरण गरेपछि पार्टीभित्रको गुट समाप्त…

Comments Off on गृह जिल्ला पुगेर सभापतिको घोषणा गर्छु- नेत्री कोईराला

गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

भूमिसुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन । सूर्यविनायक नगरपालिकाले सोमबार  आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा उनले  मधेशमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भने – “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नागरिकता दिँदा तराई आन्दोलनका नाममा दशगजा कब्जा…

Comments Off on गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

विगत आठ वर्षदेखि सुर्खेतमा रही अनाथ तथा असहाय बालबालिकाको सेवामा सक्रिय रहेकी म्यागी डोयन यस वर्षको सिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ । म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो खुसियालीमा उत्सव मनाइरहेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित सभामा म्यागीलाइ विजेता घोषणा गरे लगत्तै भ्यालीमा संरक्षित बालबालिकाहरुले उत्सव मनाउन सुरु गरेका हुन् । विद्यार्थीहरुकै आयोजनामा…

Comments Off on म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

सरकारको नाममा कारण देखाउ आदेश जारी

नेपाल–भारत सीमास्थित भन्सार नाका बिना अवरोध सञ्चालनको मागसहित दायर रिट निवेदनमा सर्वाेच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको नाममा यस्तो कारण देखाउ आदेश जारी गरेको हो । इजलासले अन्तरिम आदेश जारी गर्ने विषयमा भने दुवै पक्षलाई छलफलका लागि बोलाएको छ…

Comments Off on सरकारको नाममा कारण देखाउ आदेश जारी

पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि…

Comments Off on पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ । मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने,…

Comments Off on यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ  विकेटले पराजित गर्दै लगातार चौथो जीत दर्ता गरेको छ । जीतसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबारको हारेपनि आयरल्याण्ड पनि फाइनलमा पुगेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमामा भएको प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाई १८४ रन बनाएको थियो…

Comments Off on नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

पारसलाई कारबाहीबारे क्यानको विज्ञप्ति

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई कारबाही गरेको बारे चलेको हल्लालाई क्यानले आधिकारिक विज्ञप्ति नै निकालेर खण्डन गरेको छ। क्यानको विज्ञप्तिमा  पारस खड्कालाइ कप्तानबाट हटाउनेबारे कुनै निर्णय भएको छैन ।  

Comments Off on पारसलाई कारबाहीबारे क्यानको विज्ञप्ति

विवाह गर्न नमानेपछि बाग्लुङमा युवकद्वारा शिक्षिकाको हत्या

बागलुङ हुग्दीशिरका २० बर्षिय इन्द्रबहादुर पुनले हुग्दीशिर उच्चमाविका शिक्षिका तारा श्रीषको हत्या गरेका छन। एक बर्षदेखिको प्रेम सम्बन्धमा विहे प्रस्ताव राख्दा अस्वीकार गरेपछि युवकले प्रेमिकाको हत्या गरेका हुन् । पुनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । हत्याको आरोपमा पक्राउ परेका पुनले आफूले नै महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अभियोग स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले…

Comments Off on विवाह गर्न नमानेपछि बाग्लुङमा युवकद्वारा शिक्षिकाको हत्या