संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

13288894_240255906345706_1448435585_nएक्टिभ इन्टरनेशनल फेडेरेसन (एआइअफ) बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले  नेपाली संघ संस्थाहरु एआइअफ संग मिलेर काम गरेकोमा आफुलाई खुशी लागेको बताएकी छन  । आइतवार बेल्जियमको लुभेनमा लुम्बिनी कपिलवस्तु विश्व अभियानले आयोजना गरेको सस्थाको वार्षिक अधिवेशनमा अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएकी हुन् ।

विश्वका बिभिन्न मुलुकबाट बेल्जियम आइ बसोवास गरेका नागरिकहरुले स्थापित गरेका थुप्रै संस्थाहरुले फेडेरेसन संग मिलेर काम गरेको उल्लेख गर्दै  आफुबाट हुनसक्ने सहयोग सधै रहने बताइन  । उनले लुभेन क्षेत्रका लागी एआइअफबाट साण्डी भान देन आबेल  काम गर्दै आइरहेको जानकारी गराईन ।

हाल लुभेन क्षेत्रबाट एनआरएन बेल्जियम, युरोनेपाल कलाकार संघ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, सांग्रिला समाज, नवलपरासी सहायता समाज, हेल्प नेपाल नेटवर्क लगायत नेपाली संघ सस्थाहरु एआइअफ संग सम्वद्द रही कार्य गर्दै आइरहेका छन। स्थापित संघ सस्थाहरुलाई आवश्यक परेको बेला साण्डी भान देन आबेलले हरेक किसिमले सहयोग प्रदान गर्दै आइरहेकी छन।

फोटो क्रेडिट /दीपेन्द्र केसी