नेदरल्याण्डस् विरुद्धको खेलका लागि नेपाली टोलीको चयन

आईसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा १५ kricketसदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा गरिएको छ।

बुधबार घोषित टोलीमा कप्तान खड्कासिहत उप—कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी , सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, विक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला रहेका छन्।

आइसीसी प्रतिनिधी वेनकटापटि राजुको संयोजगत्वमा, प्रशिक्षक जगत टमटा र कप्तान खड्काले खेलाडी छनोट गरेका हुन्।

आइसीसीले नेपाल क्रिक्रेट संघ क्यानलाई सरकारी हस्तक्षेप र आर्थिक अनियमियतता भएको भन्दै निलम्बन गरेपछि राजुलाई छनोट समितिको प्रमुखको रुपमा नेपाल पठाएको थियो। नेपालले नेदरल्याण्डस्सँग अगस्ट १३ र १५ मा गरी दुई म्याच खेल्दै छ।