मदनको ओझेलमा परेको पाटो
अलिकति खम्बाहरू थप्न सकियोस्, टेकाहरू हाल्न सकियोस् केही कब्जाहरू, किलाहरू, काँटीहरू थप्न सकियोस् र घरलाई अलिकति बलियो बनाउन सकियोस् त्यसपछि त्यो बलियो तलामा उभिएर दुईओटा पहलमानले कुस्ती गरौँला । मदन भण्डारी नेपाली राजनीतिमा जति चर्चित हुनुहुन्छ, त्यति साहित्यिक क्षेत्रमा हुनुहुन्न तर उहाँको साहित्यिक पाटो पनि राजनीति जत्तिकै बलियो छ । उहाँको राजनीतिक जीवनको थालनी हुनुभन्दा अगाडि नै साहित्यिक जीवनको थालनी…