एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ । संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गरेको हो । भर्खरै जारी गरिएको सूचनामा के कारणले निर्वाचन स्थगित गरिएको हो स्पष्ट जानकारी दिएको छैन । तर टेनेसी अदालतको कारण देखाउ…

Comments Off on एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा आईतबार चिन्तामणी सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा सापकोटाले ५ सय १८ मत तथा उनका प्रतिद्वन्दी गौतम गुरुङले ४ सय ७१ मत प्राप्त गरेका थिए। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। यस्तै उपाध्यक्षमा सुनिल रानाभाट र पेशलकुमार कोईराला विजयी भएका छन्। त्यस्तै सचिवमा दिनेश कुमार गिरी र लोकबन्धु बस्नेत निर्वाचित भउका छन्। यसअघि महिला…

Comments Off on एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

एनआरएन चेक रिपब्लिकमा चिरन्जीवि खड्का

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा चिरन्जीवि खड्का चयन भएका छन् । समितिको उपाध्यक्षहरुमा रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पाण्डव अधिकारी चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा लोक बहादुर अधिकारी, दुर्गा बस्याल, शिव खरेल, बिष्णु रायमाझी र दिलिप पन्थी चयन भएका छन् । संघको आइतवार सम्पन्न भेलाले उनको…

Comments Off on एनआरएन चेक रिपब्लिकमा चिरन्जीवि खड्का

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु…

Comments Off on मलेसियामा एक नेपालीको मृत्यु

लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तथा निबर्तमान सचिब बेनी ढुंगाना सम्मानित भएका हुन् । गत जुलाई १ तारिख बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भएको अवार्ड…

Comments Off on लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ । पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस…

Comments Off on बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

दोहाको एक कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएन) को गल्फ संयोजकमा आर. के. शर्माले उम्म्द्वारी घोषणा गरेका छन्। अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् । गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन्। आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ। जसले नयाँ…

Comments Off on एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

मलेसियामा सयजना नेपाली सहित एक हजार आप्रवासी कामदार पक्राउ

मलेसियामा एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका बताइएको छ । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान सुरु गरेको छ । गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् । देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी…

Comments Off on मलेसियामा सयजना नेपाली सहित एक हजार आप्रवासी कामदार पक्राउ

अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

गैर आवासिय नेपाली संघ अमेरिकाको (२०१७-२०१९ कार्यावधि) चुनाव अगष्ट १ र १२ मा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ मा अनलाईन निर्वाचन हुने जनाएको छ । प्रकासित सुचना अनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ । लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन…

Comments Off on अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

जुलाई १ शनिवार बसेल्समा सम्पन्न नेपालका शुभेच्छुकहरूको एक भेलाले नेपाल-बेल्जियम मैत्री सँघ (Nepal-Belgium Friendship Association- BNFA) लाई पुनर्जागृत गर्दै डा. लुक बोकुरको अध्यक्षतामा तदर्थ समितिको गठन गरेको छ । डा. बोकुर नेपालमा चेपाङहरूको हितमा कृयाशील व्यक्तित्व हुन् । समितिको उपाध्यक्षमा श्रीमति हिल्द बोम्स, कोषाध्यक्षमा रवीन्द्र श्रेष्ठ र सचिवमा रोजर द ग्रोन (नेपालका अवैतनिक कन्सुलर) चयन भएका छन् । त्यस्तै भिक्टर…

Comments Off on डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

मलेसियाबाट १८ नेपालीको उद्दार

सरकारी प्रयासमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्दार गरिएको छ। व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको हो। सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको प्रमको निजी सचिवालयले जनाएको छ। १८ नेपालीको उद्दारका लागि नेपाल…

Comments Off on मलेसियाबाट १८ नेपालीको उद्दार

साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी मार्च २९ (चैत १६) देखि लागू हुनेगरी आममाफीको घोषणा गरेका हुन् । श्रम ऐन उल्लंघन गरेर साउदी अरबमा बसेका आप्रवासी कामदारले ३ महिनाको अवधिमा विना…

Comments Off on साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ  बोलीबचन सुन्छु भने झनै नेपाली छ बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा देशको माया कति कति हुन् रैछ सिमा नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन दोहोरी नै गाउछु मेरो मनै नेपाली छ, तन नै नेपाली छ रंग रुची सोच्छु भने झनै नेपाली छ .. नक्कल धेरै जान्दिन लाली गाजल लाउछु…

Comments Off on ‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा सुदिपराज पाण्डे, केशव पुरी, नारायणसिंह थापा र विष्णु सापकोटा तथा महामन्त्रीमा कविन्द्र ढकाल, सहमहामन्त्रीमा सूर्यप्रसाद सुवेदी, विष्णु…

Comments Off on जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

'युएस नेपाल अनलाईन' को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम तथा जनचासोका कुराहरु समेट्दै आएको छ । साहित्यकार गिता क्षेत्रीको सभापतित्वमा सम्पन्न  सो कार्यक्रमका अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने…

Comments Off on युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित