जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

2कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा सुदिपराज पाण्डे, केशव पुरी, नारायणसिंह थापा र विष्णु सापकोटा तथा महामन्त्रीमा कविन्द्र ढकाल, सहमहामन्त्रीमा सूर्यप्रसाद सुवेदी, विष्णु गौतम, नवराज अधिकारी र देवेन्द्र केसी, कोषाध्यक्षमा कोपिला गिरी र सहकोषाध्यक्षमा राजन गौचन चयन भएका छन् ।

त्यसैगरी सदस्यमा दिनेश कोइराला, विजय खतिवडा, प्रतिक्षा केसी, मोहम्मद जाहगीर अलि, बिक्रम बम, पारसमणी मिश्र, रबि खड्का, हेमराज श्रेष्ठ, मोहन केसी, सुरेश यादव र चक्रबिक्रम शाही रहेका छन ।

जीवन शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नर्वेस्थित विभिन्न संघसस्थाका पदाधिकारीहरु सहभागी थिए ।