‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ binita

बोलीबचन सुन्छु भने झनै नेपाली छ

बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा

देशको माया कति कति हुन् रैछ सिमा

नक्कल धेरै जान्दिन लाली गाजल लाउछु

भन्नेले जे भनुन दोहोरी नै गाउछु

मेरो मनै नेपाली छ, तन नै नेपाली छ

रंग रुची सोच्छु भने झनै नेपाली छ ..

नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन दोहोरी नै गाउछु…

लोक दोहोरी गायिका बिनिता लामिछानेको ‘मेरो मनै नेपाली छ’ बोल गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । देशभक्तीको भावनाले ओतप्रोत उक्त गीतमा शिव सुवेदीको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन ।

बिनिता लामिछानेकै स्वरमा सजिएको उक्त गीतको भिडियोमा गायिका लामिछाने आफ्नै अभिनय रहेको छ । करण चैसिरको छायाङ्कन, बिष्णु शर्माको सम्पादन् र प्रकाश भट्टको निर्देशन बनेको गीतको भिडियोलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो ।

युरोपेली नेपाली समुदायमा नेपाली कला संस्कृति प्रवर्द्वनका लागि आयोजना गरिने विभिन्न कन्सर्टहरुमा गायिका लामिछानेले आफ्नो प्रस्तुति दिदै आएकी छन ।