लस एन्जलस् मा सरस्वती पूजा सम्पन्न

श्री पशुपतिनाथ फाउनडेशनद्वारा सञ्चालित नेपाली भाषा पाठशालाको आयोजनामा नानीहरूलाई पुस्तक, कापी, कलम प्रदान गरी अक्षारम्भ गर्दै सरस्वतीको फोटो स्थापना गरी पूजा गरेर सरस्वती पूजा मनाइयो। स्थानीय गुरुहरु विष्णु पौडेल र रुद्र भट्टराईद्वारा वैदिक विधि अनुसार पुजाअर्चना गराएका थिए । पूजा अर्चनामा बालबालिकाहरु रमाउदै पूजा अर्चना गर्नमा व्यस्त थिए भने आजको दिनमा अक्षारम्भ गर्दा राम्रों हुने चलन अनुसार पहिलो पटक लेख्न…

Comments Off on लस एन्जलस् मा सरस्वती पूजा सम्पन्न

पूर्व प्रधानमन्त्री कोईरालाको निधनप्रति एनआरएनद्वारा शोक व्यक्त

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनप्रति गैरआवासीय नेपाली संघ एनारएनले शोक व्यक्त गरेको छ । कोइरालाको निधनबाट एनआरएनले आफ्नो अविभावक गुमाएको अध्यक्ष शेष घलेले जनाएका छन् । एनआरएनका अध्यक्ष शेष घलेद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका सुशील कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको उल्लेख छ ।  

Comments Off on पूर्व प्रधानमन्त्री कोईरालाको निधनप्रति एनआरएनद्वारा शोक व्यक्त

स्विजरल्याण्डबाट गगन थापाको अभियानमा सहयोग

नेपाली कांग्रेस युवा नेता गगन थापाले संचालन गरेको “मिलेर बनाऔ बिधालय अभियान” नामक अभियानलाई जनसम्पर्क समिति  स्विजरल्याण्डले  आर्थिक सहयोग गरेको छ। समितिका अध्यक्ष राम कुमार महतो र पुर्व अध्यक्ष गुणराज शर्माको विशेष पहलमा थालिएको अभियानबाट संकलित एक हजार (१०००) स्विस फ्रेन्क “मिलेर बनाऔ बिधालय अभियान” लाई प्रदान गरिएको हो । युवा नेता थापाले  भूकम्पबाट प्रभावित बिधालय पुनर्निर्माणको लागी मिलेर काम गर्न…

Comments Off on स्विजरल्याण्डबाट गगन थापाको अभियानमा सहयोग

नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक भएको हो । एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगितहरु र एक एक ओटा राष्टिय तथा आइटम गित संलग्न रहेका छन् । विषेश गरेर सवै खाले गितका…

Comments Off on नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्डसमा नेपाल

युरोप कै ठुलो मानिने नेदरल्याण्डको प्रर्यटन मेलाबाट बिदेशीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरिएको छ। नेदरल्याण्ड्सको युत्रेक शहरमा भएको पर्यटन मेलामा,नेपाल अझै पनि प्रर्यटकका लागि उचित गन्तब्य स्थल रहेको सन्देश दिदै बिदेशीहरुलाई भ्रमण गर्न प्रोत्साहन गरिएको हो। प्रत्येक वर्ष चल्ने सो पर्यटन मेलामा यस पटक करिव एक लाख विस हजार दर्शकहरुले अबलोकन गरेको अनुमान गरिएको छ। बिनाशकारी भूकम्प पछि प्रर्यटन क्षेत्र…

Comments Off on नेदरल्याण्डसमा नेपाल

लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

नेपालका अनेकन संस्थाका प्रवासमा शाखाहरू खुल्ने गरेका छन् । त्यसैले भनिन्छ- प्रवासमा जति नेपाली छन्, त्यति नै संस्था छन् । अब शाखा खुल्ने पालो बनेको छ- लोक तथा दोहोरी गीत प्रतिष्ठानको । यु.के. शाखा गठन गरिसकेको दोहोरी गीत प्रतिष्ठानले यही फेब्रुअरीका पोर्चुगलको लिस्बन जमघट भएर यूरोप शाखा गठन गर्ने भएको छ। युरोपमा बस्दै आएका नेपाली लोक दोहोरी कलाकारहरुको पहलमा युरोप…

Comments Off on लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

एनआरएन अध्यक्ष घलेको उपस्थितिमा लक्जेम्बर्गमा अन्तर्क्रिया सम्पन्न

एनआरएन लक्जेम्बर्गले एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आयोजित बिशेष कार्यक्रममा नेपालमा गएको भूकम्प र नाकाबन्दीको असर बाट उत्पन्न समस्या बारे छलफल गरिएको एनआरएन लक्जेम्बर्गका महासचिव बिमलबाबु उपाध्यायले जानकारी गराए। कार्यक्रममा घलेले एनआरएनले भूकम्प पिडितको लागी बनाइने १००० घर निर्माण प्रक्रियाका लागी सरकार संग कुराकानी भैरहेको र नाकाबन्दीको असरबाट चिकित्सा क्षेत्रमा उत्पन्न गंभिर समस्या…

Comments Off on एनआरएन अध्यक्ष घलेको उपस्थितिमा लक्जेम्बर्गमा अन्तर्क्रिया सम्पन्न

जापानमा ५ करोडको परोपकारी अक्षय कोष

जापानमा रहेका नेपालीहरूलाई पर्ने समस्या तथा अफ्ठ्याराहरूमा सहयोग तथा साथ दिनका लागि ५ करोड बराबरको अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ । जापानमा समस्यामा परेका नेपालीहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै समस्या समाधान गरिँदै आएकोमा सो कार्य लामो समयसम्म चलिरहने अवस्था नभएकाले अक्षय कोष स्थापना गर्ने तयारी गरिएको हो । प्रवासमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवसीय नेपाली…

Comments Off on जापानमा ५ करोडको परोपकारी अक्षय कोष

नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

तीन महिना देखि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेदरल्याण्डसका नेपालीहरुले मंगलवार नेदरल्याण्डसको संसद भवन अगाडी विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन पछी परराष्ट्र आयोगका अध्यक्ष एन्गेलिन आईसिंगलाई ज्ञापनपत्र बुझाएका छन। ज्ञापनपत्रमा सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि बिपरित भएको उल्लेख गरिएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ नेदरल्याण्डस, जनसम्पर्क समिति, प्रवासी नेपाली मंच लगायत अन्य नेपाली संघ…

Comments Off on नाकाबन्दी विरुद्व नेदरल्याण्डसमा पनि प्रदर्शन

फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

भारतको तीन महिनादेखिको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाइएको छ। एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले नेपाली समुदायको तर्फबाट ज्ञापनपत्र बुझाउदै लामो समयको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको र सार्वभौम राष्ट्रमाथि भारतको गैर कुटनीतिक व्यवहार अन्तर्राष्ट्रिय सन्धि विपरित रहेको जानकारी गराएका थिए। पेरिसस्थित ओभरभिलिए नगरपालिकाको कार्यक्रममा उपस्थित सभामुख संग अर्यालले भेट गरेका थिए। फोटो/ निर्मल अर्याल

Comments Off on फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

साइप्रसको निकोसिया सहरमा दशैँ तिहार साँझ भव्य रुपमा सम्पन्न भएको छ। आइतवार आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली पप गायक धिरज राइले नेपाली गीत गाएर मनोरन्जन प्रदान गरे। राई शनिवार साइप्रस आएका थिए। दशैँ कन्सर्ट कै लागी पहिलोपटक साइप्रस आएका राइले ‘तिमी रुदा एक्लै हुँदा...’, ‘बुद्व जन्मेको देशमा, सीता जन्मेको देशमा..’, लगायत थुप्रै गीत गाए। उनका गीतमा दर्शकहरु नाच्दै स्वरमा स्वर…

Comments Off on साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

आचार्य युरोप संयोजकमा निर्विरोध निर्वाचित

बेलायतका युवा ब्यबसायी कुल आचार्य एनआरएन युरोप क्षेत्र संयोजकमा निर्बिरोध निर्वाचित भएका छन। युरोप संयोजक पदका लागि नै आचार्यको मात्र उम्मेद्वारी परे पनि निर्बिरोध बनेका हुन्। संयोजकको उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोप सापकोटा नै उनका प्रस्ताबक बनेका थिए। एनआरएन सातौ अधिबेशनमा निर्बिरोध हुने पहिलो उम्मेद्वार आर्चाय नै बनेका छन्। आचार्य एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै…

Comments Off on आचार्य युरोप संयोजकमा निर्विरोध निर्वाचित

एन.आर.एन. को चुनावमा कसले मार्ला बाजी !

- पंचम अधिकारी गैरआवासीय नेपाली सँघको सातौं विश्व सम्मेलन यही बुधवारदेखि शनिवारसम्म काठमाडौंमा हुँदैछ । यो अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने हुँदा एन.आर.एन. चुनावमय भएको छ । एन.आर.एन.का अभियन्ता र सहभागी सदस्यहरू चुनावी आकलन गर्दै काठमाडौं ओइरिंदै छन् । अहिलेसम्म अध्यक्ष पदका लागि तिन जना आकांक्षी देखिएका छन् - वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टी. बी. कार्की र पूर्व…

Comments Off on एन.आर.एन. को चुनावमा कसले मार्ला बाजी !

एनआरएनएमा सामूहिक नेतृत्व र खाडीको भूमिका आवस्यक: टिबी कार्की

गैर आवासिय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदको आगामी कार्यकालका लागी अध्यक्ष पदका लागी कतारबाट उम्मेदवारी दिएका टिबी कार्कीले मध्यपुर्व क्षेत्रका नेपालीले सामुहिक नेतृत्व सम्हाल्न सक्ने बताएका छन । एनआरएनएको एक दशक भन्दा लामो अभियानमा खाडी क्षेत्र सक्रिय छ तर यस क्षेत्रबाट अहिले सम्म कसैले नेतृत्व गर्न नसकिरहेको अवस्थामा कतारमा व्यवसाय गर्दै आईरहेका एनआरएनए आईसीसीका वर्तमान  उपाध्यक्ष टिबी कार्कीले आफुले…

Comments Off on एनआरएनएमा सामूहिक नेतृत्व र खाडीको भूमिका आवस्यक: टिबी कार्की

भारतीय हस्तक्षेपविरुद्ध स्विट्जरल्याण्डमा विरोध प्रदर्शन

भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्ड, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड र प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको संयुक्त आयोजनामा स्विट्जरल्याण्डबासि नेपालीहरुले बिरोध प्रदर्शन गर्दै बेर्न स्थित भारतीय दुतावासमा ज्ञापन पत्र बुझाएका छन्। स्विट्जरल्याण्डको बिभिन्न शहरहरुबाट आएका नेपालीहरु बेर्नको हेल्भेटियाप्लाजमा जम्मा भई  सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी र हस्तक्षेपको बिरोध गर्दै…

Comments Off on भारतीय हस्तक्षेपविरुद्ध स्विट्जरल्याण्डमा विरोध प्रदर्शन