मातृ-संदेश : अरबौँ वात्सल्यका पलहरू
विकास अधिकारी मेरा प्राणप्रिय: छोरीहरू,विगत केही दिनहरूमा तिमीहरू सार्है तड्पियौ हगी। मेरो वियोगमा हृदय नै निस्कने जसरी मुर्छित-रोदनमा छरपष्ट मातृ-प्रेम मैले मेरो अनन्तको आत्मा-यात्रामा हर्ष-विभोर छर्लङ्ग देखेँ। तर हक्कानिंदै हक्कानिंदै पनि मेरा छोरीहरू, तिमीहरू सम्हालिएर वढ्यौ र हेर्दा-हेर्दै मलाई प्रभु-चरणमा पुराएर आफ्ना कर्तब्यहरू पूरा गरेरै छाड्यौ। तिमीहरूजस्ता छोरीहरू हुनु नै त म आमा हुनुको गर्व र आत्माभिमान थियो। यो आत्माभिमान…