एनआरएन सँघको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उमेदवारी

एनआरएन सँघ स्विटजरल्याण्डका आईसीसी सदस्य एवं पूर्व अध्यक्ष डा. विनय कुमार श्रेष्ठले सँघको युरोप संयोजकमा उमेदवारी घोषणा गरेका छन् ।

एनआरएन सँघ स्विटजरल्याण्डको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष रहेका उनी एनआरएन अभियानमा विगत दस वर्षदेखि सक्रिय रूपमा आबद्ध रहँदै आएका छन् । डा. श्रेष्ठ पेशाले क्यान्सर रोग विशेषज्ञ हुन् ।

एनआरएन सँघमा दीर्घकालिन विचार कार्यनीति र भिजन भएकाहरू पाखा लागे र ब्यापारीहरू हावी भए भनेर गुनासो चलिरहेको बेला डा. श्रेष्ठको उमेदवारीलाई धेरैले सकरात्मक रूपमा लिएका छन् ।

उमेदवारी घोषणा गर्दै उनले त्यसको अाैचित्य पुष्टी गर्न बुँदागत रूपमा आफ्ना विचार राखेका छन्:

उमेदवारी केका निम्ति ?

  • गैरआवासीय नेपाली सँघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने।
  • युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने।
  • सँघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने।
  • सँघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउने।
  • युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने
  • नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।

आफूलाई किन सुयोग्य ठानेँ ?

  • सामाजिक संस्थामा र पेशागत रूपमा दीर्घकालिन विचार, कार्यनीति र भिजन लिएर नेतृत्वदायी र उच्चस्तरिय व्यवस्थापनका साथ काम गरेको अनुभव
  • विगत एक दशकदेखि अनवरत रूपमा सँघको जिम्मेवार पदहरूमा सेवारत

                संलग्नता :

  • संस्थापक उपाध्यक्ष (सन २००८-२००९), गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
  • अध्यक्ष (२००९-२०११ र २०११-२०१३) गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्ड
  • आईसीसी सदस्य (२०१५-२०१७) स्विटजरल्यान्डको प्रतिनिधित्व
  • साथै सँघका विभिन्न समितिहरुमा रही काम गरेको अनुभव
  • क्यान्सर रोग विशेषज्ञ। १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत। नेपाल र युरोपमा उच्चस्तरिय पेशागत अनुभव र शिक्षा

                शिक्षा:

  • एम.बि.बि.एस. (नेपाल)
  • एम.डी. (स्विटजरल्याण्ड)
  • बायोमेडिकल ईन्जिनियरिङमा स्नातकोत्तर (स्विटजरल्याण्ड)
  • एफ.एम.एच. रेडिएसन अंकोलोजी विशेषज्ञता (स्विटजरल्याण्ड)
  • संस्थागत काममा खटिन र सामाजिक सेवामा प्रतिबद्ध