बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

बेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान लगाउनु अघि ३ महिने प्रष्टिकरणको म्याद अमेरिकीहरूले दिएका छन्, बेल्जियम अध्यागमन मन्त्री थियो फ्रान्केनले ‘द तेइद’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । अमेरिकी सुरक्षा…

Comments Off on बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

तेस्रो लिंगी मोडल अञ्जली लामा भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् । यसअघि नेपालका कयौँ र्यापमा सहभागी भइसकेकी अञ्जलीको कही चर्चित म्यागजिनले समेत कभर फोटो छापिसकेको छ । हाल इन्डिया टाइम्स, टाइम्स अफ इन्डिया, दी बेटर…

Comments Off on ‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति…

Comments Off on नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायातले आइतबारदेखि अनलाइनबाटै आवेदन लिन सुरु गरेको हो । यातायात व्यवस्था विभागको बेवसाइट dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ । अनालाइनबाट अावेदन दिने सुविधा २ पांग्रे सवारी साधनकाे मात्र रहेकाे जनाइएकाे छ । अनलाइनबाट फारम भरी…

Comments Off on अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा

युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा भएका छन् । नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको दुर्इ दिने भेला जर्मनीको ब्यापारिक सहर फ्रांकफोर्टमा आइतबार र सोमबार हुँदैछ । गैरआवासीय नेपाली संघको आउँदो अधिवेशनको पृष्ठभूमिमा आयोजना हुंदै गरेको सो भेलाले युरोपेली डायस्पोरामा  गैरआवासीय नेपाली संघको माहाैल तताउने अनुमान गरिएको छ । कांग्रेसी भेलामा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, संस्थापक नेता रामप्रताप…

Comments Off on युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा

युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

'युएस नेपाल अनलाईन' को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम तथा जनचासोका कुराहरु समेट्दै आएको छ । साहित्यकार गिता क्षेत्रीको सभापतित्वमा सम्पन्न  सो कार्यक्रमका अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने…

Comments Off on युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी

सरकारले डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावास बन्द गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा निर्णय लिन अन्तिम चरणमा पुगेको बताइएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास बन्द गर्ने विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् । डेनमार्कले सन् २०१७ भित्र नेपालस्थित आफ्नो आवासीय दूतावास बन्द गर्ने र नेपाललाई दिँदै आएको विकास सहयोगसमेत कटौती गर्ने निर्णय गरिसकेको छ । नेपालको निम्ति…

Comments Off on डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी

बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

नेपालको पर्यटन प्रवर्द्वनको मुख्य उद्धेश्य लिएर बेल्जीयमको पर्यटकीय सहर ब्रुजमा यहि अक्टोवर ३१ मा दीपावली महोत्वसको आयोजना गरिएको छ । कार्यक्रममा स्थानिय शहरका मेयर, उपमेयर लगाएत बिभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि लगायत नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने नागरिकहरु उपस्थित हुनेछन् । कार्यक्रमबाट उठेको सहयोग रकमबाट दुईजना बेल्जियमन नागरिकलाई छनोट गरि नेपाल पठाउने र नेपालको एक स्कुल बनाउन सहयोग गर्ने योजना रहेको आयोजकले…

Comments Off on बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

सिधु पाजीले कपिल शर्मा शो छोड्ने

भारतीय अवकाशप्राप्त क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिधु ‘कमेडी नाइट्स विथ कपिल' शो छोड्ने भएका छन्। कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हँसाउदै आएका थिए । खासगरी उनले सुनाउने मुक्तकहरू विशेष मानिन्छन् । तर अब भने उनको हासोँ दर्शकले देख्न नपाउने भएका छन् । उनले सेप्टेम्बर महिनापछि उक्त सो छाड्ने घोषणा गरेका छन्…

Comments Off on सिधु पाजीले कपिल शर्मा शो छोड्ने

गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ । हालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ महिना भित्रमा डिपोर्ट गर्न नसके रिहा गर्नु पर्ने कानूनी बाध्यता छ । डिपोर्ट हुन नचाहने गैरकानूनी व्यक्तिहरूले कतिपय सन्दर्भमा सरकारी निकायलाई असहयोग गर्ने र सूचना…

Comments Off on गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा बढी काठमाडाैं र त्यतिकै सङ्ख्यामा केरुङतर्फ जाने गरेको छ । अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोल कपडा, जुत्ता चप्पल, विद्युतीय समेतका सामग्री आयात हुने गरेको बताइएको…

Comments Off on धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद…

Comments Off on बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

को को भए मिस नेपाल

शुक्रबार राति  २२ औ मिस नेपालको घोषणा गरिएको छ । चितवनकि अश्मी श्रेष्ठले  ‘मिस नेपाल वल्र्ड –१६’  को उपाधि जितिन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भए । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा…

Comments Off on को को भए मिस नेपाल