बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा केही अपवादका पेशा बाहेक एक मान्छेले जीवनमा ४५ वर्ष काम गर्ने मान्यता राखिन्छ र जेसुकै पेशा गरेको भए पनि कानूनी रूपमा काम गरेपछि पेन्सनको हकदार हुन्छ ।

पुरा अवधि काम नगरेको भए पनि पेन्सनको हकदार हुन्छ । वृद्धहरूको आम्दानी सुनिश्चितता (IGO) को रकम कम्तिमा प्रतिमहिना १०६३,०५ युरो बनाइएको छ भने पार्टनरसँग बस्नेले प्रतिव्यक्ती ७०१, ७२ युरो प्रतिमहिना पाउँछन् ।