क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प गर्न अनुरोध गरेका थिए । क्यानडाका अल्पसंख्यक समुदायहरूमा पनि ट्रुदो निकै लोकप्रीय मानिन्छन् ।

Comments Off on क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

हात्तीको आक्रमणबाट उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । कोशीटप्पु हुँदै बेलका जंगलबाट आएका जोडी हात्तीले हिजो बिहान आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । आफ्नो घर बाहिर खाटमा सुतिरहेका मगरलाई बिहान ४ बजे आएको जोडी हात्तीले ओछ्यान मै आक्रमण गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । मृत मगरको…

Comments Off on उदयपुरमा सुतेको बेला हात्तीको आक्रमणले मृत्यु

कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा मिलियन युरो (करिब ६ करोड रूपैयाँ) नगद जफत भएको छ । अनाैठो गन्ध आएपछि छिमेकीहरूले प्रहरीलार्इ खबर गरेको र उसको घर परिपरिको जग्गाबाट ५०० गाँजाका…

Comments Off on कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

सुनिललार्इ फकाउँदै कपिल शर्मा

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि 'द कपिल शर्मा शो' को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । यही गुनासोलार्इ सम्बोधन गर्न कपिलले प्रयास गरेका हुन् । कपिललाई प्रश्न गर्ने अवसर आउँदा सबै फ्यानहरूले सुनिललाई कहिले शोमा फर्काउनुहुन्छ भनी सोध्छन् । केही दिनअघि…

Comments Off on सुनिललार्इ फकाउँदै कपिल शर्मा

बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्। तर, फेरि कुनै फिल्म फ्लप भए तुरून्तै कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। केही भारतीय मिडियाहरूले बलिउडका नायिकाहरूको  पारिश्रमिकको चर्चा गरेका छन् ।…

Comments Off on बलिउडका नायिकाहरूको  पारिश्रमिक

बेल्जियममा पेन्सन बढ्यो

बेल्जियमको संघीय संसदले पेन्सन बढाउने नयाँ विधेयक पास गरेको छ । जसअनुसार पुरा अवधि काम गरेको एक बेल्जियन कामदार/जागीरेले आउँदो सेप्टेम्बरबाट कम्तिमा १ हजार २ सय १२ युरो ४५ सेन्ट प्रति महिना पाउँनेछन् । बेल्जियममा केही अपवादका पेशा बाहेक एक मान्छेले जीवनमा ४५ वर्ष काम गर्ने मान्यता राखिन्छ र जेसुकै पेशा गरेको भए पनि कानूनी रूपमा काम गरेपछि पेन्सनको हकदार…

Comments Off on बेल्जियममा पेन्सन बढ्यो

कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

♦ डिल्लीराम अम्माई ♦ भोलि १५ जुलाईमा बेल्जियमको आन्तोर्पेनको पनि ग्रोनप्लातमा नेपाल फेस्टिबल आयोजना गरिएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । हामीले त नेपाल आफै नरहे मात्रै भुलौंला तर बेल्जियममै हुर्केका हाम्रा सन्ततिहरुले भुल्न सक्छन नेपाल ! उनीहरुलाई नेपाली महोत्सबमा ल्याएर नेपाल देश र संस्कृतिप्रति चाख जगाउनु…

Comments Off on कस्तो होला अान्त्रोपेनमा नेपाल फेस्टिबल ?

गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया कामेइरा लिस्बोनकी एक कहलिएकी महिला वकिल भएको आल्गार्भडेलीन्युजले समाचारमा उल्लेख गरेको छ ।

Comments Off on गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

बेल्जियमको बुर्का निषेधसंबन्धी कानूनलार्इ मानव अधिकारसंबन्धी युरोपेली कोर्टले उचित ठहर्याएको छ ।  सार्वजनिक स्थानमा मुस्लिम महिलाहरूले लगाउने बुर्कालार्इ बेल्जियममा सन् २०११ मा लागू गरेको कानूनले गैरकानूनी मानेको थियो । र यस कानून मुताबिक ब्रसेल्समा जरिवाना तिरेका २ महिलाले मानव अधिकारसंबन्धी युरोपेली कोर्टमा स्वतन्त्रताको हनन् भएको भन्दै मुद्दा दायर गरेका थिए । युरोपेली कोर्टले सरकारी कानूनलार्इ जायज मानेको हो ।

Comments Off on बेल्जियमको बुर्का निषेध कानूनलार्इ युरोपेली कोर्टको समर्थन

लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तथा निबर्तमान सचिब बेनी ढुंगाना सम्मानित भएका हुन् । गत जुलाई १ तारिख बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भएको अवार्ड…

Comments Off on लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ गर्ने गरेको देखाएको हो । यद्यपि इन्स्टाग्राम पोस्टमार्फत प्रशस्तै कमाइ गर्नेमा रोनाल्डो मात्रै पर्दैनन् । इन्स्टाग्रामको एउटा पोस्टमार्फत सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो तेस्रो…

Comments Off on इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

‘तुईन’को अमेरिकामा प्रिमियर शो

नेपालमा छायांकन गरिएको चलचित्र 'तुईन' को अमेरिकाको राजधानी वासिंगटन डिसीमा प्रथम प्रदर्शन प्रिमियर शो गरिएको छ। धादिङ जिल्लाको त्रिशुली नदीमा झोलुङ्गे पुलको अभाबमा फलामको डोरी 'तुईन' मा झुन्डिएर त्रिशुली नदी तर्नुपर्ने बाध्यताको कथामा आधारित चलचित्र तुईन सृजना उप्रेतीले निर्माण गरेकी हुन्।  चलचित्रको मुख्य पत्र १५ बर्षिय बालकको आमाको भूमिकामा सृजना उप्रेतीले नै खेलेकी छिन्। अमरिकाको राजधानी वासिंगटन डिसी नजिकै भर्जिनियाको…

Comments Off on ‘तुईन’को अमेरिकामा प्रिमियर शो

एनआरएनको युरोप बैठक फ्र्यांकफर्टमा

गैर आवासीय नेपाली संघको दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन जुलाई २९ र ३० मा जर्मनीको फ्र्यांकफर्टमा हुँदैछ । 'युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता' भन्ने नाराका साथ हुने सो भेला एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बताइएको छ । भेलामा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थिति रहने अपेक्षा गरिएको छ । सम्मेलनको निम्ति विभिन्न तयारी समितिहरू गठन गरिएका छन्…

Comments Off on एनआरएनको युरोप बैठक फ्र्यांकफर्टमा

जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह चरणमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। यस्तै कन्फेडेरेसन कपमा मेक्सिकोलाई हराउँदै पोर्चुगल तस्रो भएको छ। रोमाञ्चक खेलमा मेक्सिकोलाई पोर्चुगलले २–१ ले पराजित…

Comments Off on जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात

ब्रसेल्स एयरपोर्टबाट धेरै नगद पैसा बोकेर यात्रा गर्न खोज्ने १६ सय जनालाई भन्सार अधिकारीहरूले रंगेहात समाते । सन् २०१६ को एक वर्षको अवधिमा सो कार्यवाही भएको यहाँको ‘द तेइद’ म्यागजिनको समाचारमा जनाइएको छ । बेल्जियन कानून अनुसार एक जनाले १० हजार युरोसम्म नगद लैजान पाउँछ र त्यसभन्दा बढी रकम भए भन्सार अधिकारीहरूलाई जानकारी दिनुपर्छ । हालसम्म ब्रसेल्स अन्तर्राष्ट्रिय एयरपोर्टमा यस्तो…

Comments Off on ज्यादा नगद बोक्दा ब्रसेल्स एयरपोर्टमा रंगेहात