बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव

Pradeep-Gyawali-with wifeमेरो बाल्यकाल साधारण किसिमले बित्यो । उस्तो अभाव थिएन, उति धेरै सुविधा पनि थिएनन् । परिवारको कान्छो छोरो । सबैको मायाले मेरा लागि रमाइलो वातावरण निर्माण गरेको थियो । सानोमा म अन्य साथीभन्दा भिन्न स्वभावको थिएँ रे । पढ्नमा लगनशील थिएँ । १३ वर्षकै उमेरमा एसएलसी पास गरेँ । १ देखि ५ सम्म जम्प गर्दै क्लास उक्लिएकाले यति छिटो भएको हो । पढाइमै बढी केन्द्रित भएकाले बाल्यकालमा केटीसाथी बनाउनेतिर ध्यानै गएन । त्यसो त हाम्रो समाज र परिवेश त्यति एड्भान्स पनि कहाँ भइसकेको थियो र ? सोचाइ नै जाँदैनथ्यो, आवश्यकता पनि परेन । अहिलेका केटाकेटीको जस्तो बाल्यकालदेखि नै केटीसाथी बनाउने हाम्रो पालामा हुँदैनथ्यो । भएका केटासाथी पनि जति थिए, ती बनाइएका होइनन् । परिवेश र माहोलअनुसार आफसेआफ बनेका हुन् । (more…)

Comments Off on बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव

लियोनेल मेस्सीको नयाँ टाट्टू

संसारका सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी बार्सिलोना क्लवका लियोनेल मेस्सी आफ्नो छोराको माया सबैलाइ देखाउन चाहन्छन् । गत नोभेम्बरमा पिता बनेका अर्जेन्टीनी मेस्सीले वायाँ पिंडौंलामा छोरा Thiago को नाम टाट्टू गरी लेखाएका छन् । नाम अलवा उनले बच्चाको हात समेत अंकित गरेका छन् ।

Comments Off on लियोनेल मेस्सीको नयाँ टाट्टू

साऊदी अरबका महिलाहरूमा इलेक्ट्रोनिक निगरानी

पुरुष अभिभावकको सहमति बिना यात्रा गर्न नपाउने र ड्राइभिङ गर्न प्रतिबन्ध भएको मुलुक  साऊदी अरबमा महिलाहरूमाथि थप निगरानी थपिएको छ । अब साऊदी महिलाले सीमा पार गर्दा एक इलेक्ट्रानिक प्रणालीले मोनीटोरिङ गर्नेछ । गत हप्ता आएको यस नियमअनुसार, साऊदी महिलाले आफ्नो देश छोड्दा उनका पुरुष संरक्षक (पिता वा श्रीमान) ले फोनमा सूचना प्राप्त गर्छन् । यतिसम्म की तिनीहरू साथैमा यात्रा…

Comments Off on साऊदी अरबका महिलाहरूमा इलेक्ट्रोनिक निगरानी

कुकुरका लागि बेग्लै च्यानल- ‘डग टिभी’

मानिसका लागि विश्वभर कति टीभी च्यानल खुलेका छन, गणना गरिसाध्य छैन। तर, अब इजरायलमा कुकुरका लागि छुट्टै च्यानल सुरु भएको छ। हालै सुरु भएको 'डग टीभी' प्रति कुकुर पनि मोहित हुन थालेका छन। तेल अभिभको डल बीचमा रहेका कुकुरका मालिक यसलाई लिएर उत्साहित छन् किनकि उनीहरुले आफ्नो पाल्तु साथी कुकरको मनोरन्जनका लागि नयाँ तरिका पाएका छन्। यिनीहरुमध्ये एक हुन- जेरुसेलमका…

Comments Off on कुकुरका लागि बेग्लै च्यानल- ‘डग टिभी’

उपेन्द्र महतो फर्ब्सको सूचीमा अट्दैनन् ?

फर्ब्स म्यागजिनले विनोद चौधरीलाइ बिलेनियरको सूचीमा राखेपछि नेपाली बिलेनियरको खोजीनीति बढेको छ । गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाइ नजिकबाट चिन्नेहरू विनोद चौधरी समाविष्ट सूचीमा महतोको नाम नहुनु प्राविधिक कुरा मान्छन् ।

फर्ब्सको अर्बपती सूचीमा नेपालबाट विनोद चौधरी र परिवार पहिलोपटक एक अर्ब डलर (८८ अर्ब रुपैयाँ)को सम्पत्तिसहित परेका छन्। चौधरी फर्ब्सको सूचीमा परेपछि नेपालमा अन्य अर्बपतिहरुको पनि खोजी हुन थालेको छ। के नेपालमा विनोद चौधरी मात्रै अर्ब पति छन् त?
तथ्यांक र सूचनालाई केलाउने हो भने अर्बपतीको सूचीमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत अन्य केही नेपाली पनि पर्छन्। तर ती नेपालीले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा पछि सरकारी निकायबाट पर्ने अप्ठ्यारोलाई महसुस गर्दै सम्पत्ति सार्वजनिक गरेका छैनन्। (more…)

Comments Off on उपेन्द्र महतो फर्ब्सको सूचीमा अट्दैनन् ?

अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

-अर्जुन भण्डारी, वाइन उद्यमी                                                                                                                                                                 मेरा बुबाआमा, आफन्त सबै नेपाली । जन्मभूमि नेपाल । तर, म अहिलेचाहिँ हुँ अस्ट्रेलियन नागरिक । Arjun-Bhandariअस्ट्रेलियामा दुईटा घर थिए मेरा । राम्रो जागिर थियो, निकै राम्रो आम्दानी हुन्थ्यो । तर, शरीरमा बगिरहने नेपाली रगत अस्टेलियन भूमिमा रमाउनै सकेन । सबै थियो, तैपनि के नपुगेनपुगेजस्तो शून्यताले खाइरह्यो । मनले सधैँभरि हुटहुटी लगाइरह्यो– ‘यहाँ नबस, नेपालै जा । जे गर्नु छ मातृभूमिमै गर ।’ तुलनात्मक रूपमा नेपालमा निकै अभाव छ तर पनि आफ्नो नाभि गाडिएको भूमिजति प्यारो अर्को हुँदो रहेनछ । सिड्नीका मनोरम दृश्य र उच्च जीवनशैलीसँग अभ्यस्त बनाउन निकै प्रयास गरेँ, यो नेपाली चित्तलाई । तर, मान्दै मानेन । सम्भ्रान्त सहरका मगमगाउँदा बगैँचाभन्दा आफ्नै गन्हाउने टुकुचा प्यारो लाग्न थाल्यो । अनि त के थियो, चटक्कै छाडिदिएँ त्यो वैभवपूर्ण जिन्दगी । फर्किएँ आफ्नै जन्मभूमि । (more…)

Comments Off on अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

अमेरिका अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र  यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित  छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार  भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ । (more…)

Comments Off on यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

दीर्घायुहरूको टापु

long liveमदिरापान थुप्रैका लागि हानिकारक साबित भएको छ । तर, ग्रिसको इकेरिया द्वीपका ९८ वर्षीय वयोवृद्ध स्टेमेटिस मोइराइटिस भने रक्सी आफ्ना लागि वरदान साबित भएको बताउँछन् । आफैं रक्सी बनाउने उनी नियमित यसको सेवन पनि गर्छन् । ४५ वर्ष पहिले अमेरिकाबाट यो ठाउँ आइपुग्दा उनी क्यान्सरले ग्रस्त थिए । डाक्टरले उनको आयु बढीमा नौ महिना तोकेका थिए । तर, इक्वेरिया द्वीपमा आएर रक्सी खान थालेपछि क्यान्सर ठीक भएको र अहिले यति लामो आयुसम्म आरामको जिन्दगी जिउन सकेको उनलाई लाग्छ । (more…)

Comments Off on दीर्घायुहरूको टापु

चर्चा कमाउने काइदा

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । (more…)

Comments Off on चर्चा कमाउने काइदा

त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

B L Sharmaनेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ महाराज र त्यसबेला देखिका सबै प्रधानमन्त्रीलाई हलुवा ख्वाउने र उनीहरूको बिहे व्रतबन्धको भोज मैले नै उतार्दै आएको छु ।

जुद्धशमशेर, पद्यशमशेर, मोहन शमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका छोराछोरीका बिहे भोज हामीले नै उतारेको हो । राजा र राणा दुवैको हलुवाई मैले नै गरेकाले सात सालमा राजा त्रिभुवन भारतमा शरण लिन गएको घटनालाई मैले नजिकबाट नियाल्न पाएको छु । कतिपय घटनामा त म आफैं संलग्न भएको छु । (more…)

Comments Off on त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

राजेशले विराटनगरकी प्रेमिकासँग छिट्टै बिहे गर्ने

Rajesh Hamalविराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै मानिएको छ। (more…)

Comments Off on राजेशले विराटनगरकी प्रेमिकासँग छिट्टै बिहे गर्ने

शाहरुख–काजोल सर्वप्रीय रोमान्टिक जोडी

kajol_srkबलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोल बलिउड स्क्रीनका सर्वकालीन सर्वाधिक रोमान्टिक जोडी चुनिएका छन् । (more…)

Comments Off on शाहरुख–काजोल सर्वप्रीय रोमान्टिक जोडी

महिला हिंसाविरूद्ध

Against Women violenceहिंसा अन्त्य गर : महिला हिंसा अन्त्यका लागि ‘उर्लंदो सय करोड’ अभियान अन्तर्गत काठमाडौंमा आयोजित र्‍यालीमा सहभागी विदेशी महिलाहरु । (more…)

Comments Off on महिला हिंसाविरूद्ध

मैले जे देखें

Haribansha Acharyaदेशका सबै जिल्ला पुग्ने मन भए पनि हाम्रा कार्यक्रम प्रायः सुगम जिल्लामै हुने र टीमसहित जानुपर्ने भएकाले मौका जुराउनै गाह्रो थियो । तराईका प्रायः सबै जिल्ला घुमे पनि पश्चिम पहाड मेरो लागि ‘अनकण्टार’ नै थियो । यसपटक भने अछाम, डडेल्धुरा, डोटी र दैलेखसम्म पुग्ने अनि तराईका पनि भित्री गाउँहरूसम्म जाने मौका मिल्यो । पहिलेका यात्रा रमाइला विषयवस्तुमा हुन्थे; रमाइलोमा पसिन्थ्यो, रमाइलो नै गरिन्थ्यो । यसपालिको यात्रा भने सबै हिसाबले फरक थियो । हामी समस्यै समस्याका विषयवस्तुमा पस्यौं, रुवाउने कथाभित्र छिर्‍यौं र आम नेपालीले भोगिरहेको यथार्थ बोध गर्‍यौं । (more…)

Comments Off on मैले जे देखें