‘तुईन’को अमेरिकामा प्रिमियर शो

नेपालमा छायांकन गरिएको चलचित्र ‘तुईन’ को अमेरिकाको राजधानी वासिंगटन डिसीमा प्रथम प्रदर्शन प्रिमियर शो गरिएको छ।
धादिङ जिल्लाको त्रिशुली नदीमा झोलुङ्गे पुलको अभाबमा फलामको डोरी ‘तुईन’ मा झुन्डिएर त्रिशुली नदी तर्नुपर्ने बाध्यताको कथामा आधारित चलचित्र तुईन सृजना उप्रेतीले निर्माण गरेकी हुन्।  चलचित्रको मुख्य पत्र १५ बर्षिय बालकको आमाको भूमिकामा सृजना उप्रेतीले नै खेलेकी छिन्।
अमरिकाको राजधानी वासिंगटन डिसी नजिकै भर्जिनियाको फल्स चर्च स्थित ल्होमेन्स थियटरमा नेपालमा बनेको चलचित्र ‘तुईन’ को प्रथम प्रदर्शन प्रिमियर शो सम्पन्न गरियो।