निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा गएका बच्चा र जवानका अभिभाबकहरुले पाउने प्राबधान छ । यो रकम महिनावारी पाउने बच्चाहरुको भत्ता भन्दा अलगै हो र यो बर्षमा एकपटक अनि भर्नेहरूले मात्रै…

Comments Off on निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ  बोलीबचन सुन्छु भने झनै नेपाली छ बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा देशको माया कति कति हुन् रैछ सिमा नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन दोहोरी नै गाउछु मेरो मनै नेपाली छ, तन नै नेपाली छ रंग रुची सोच्छु भने झनै नेपाली छ .. नक्कल धेरै जान्दिन लाली गाजल लाउछु…

Comments Off on ‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

ब्रसेल्समा बिमा तालिम

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजना र नेपाल ब्रसेल्स मिलन केन्द्र ब्रसेल्सको संयोजनमा बेल्जियमबासी नेपालीहरूका निम्ति बिमाबिज्ञद्वारा तालिम  एवंअन्तरक्रिया कार्यक्रम हिजो आइतवार सम्पन्न भयो। उक्त अवसरमा अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायीले गर्नुपर्ने बिमा , जीवन बिमा, कार बिमा (दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF कसरी भर्ने) जस्ता विविध बिमासम्बन्धि जानकारीमूलक सूचना प्रवाहित गरिएको थियो । तालिममा नेपाली व्यवसायी संघको बेल्जियमको तर्फबाट अध्यक्ष…

Comments Off on ब्रसेल्समा बिमा तालिम

ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

"नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र" ले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम अभिभावक दिवस तथा सरस्वती पूजा गत माघ २२ गते अर्थात फेब्रुवरी ४ मा एक समारोहका बीच मनाएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको सकृयतामा बेल्जियममा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि नेपाली भाषा कला  र संस्कृति सिकाउने हेतुले एक बर्ष अघि देखि बेल्जियमको राजधानी ब्रसेल्समा कक्षाहरू संचालन भइ रहेको छ…

Comments Off on ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा सम्बन्धि बेसीक तालिम सम्पन्न भएको छ ।   बिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी…

Comments Off on क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीको चेकिङ कै क्रममा  चोरीको मोटरसाइकलसहित चोर्ने गिरोह पक्राउ परेका हुन् । ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० बर्षीय राघवकुमार रजकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुसहित सवारी चोरीमा संलग्न गिरोहमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । ललितपुर उपमहानगरपालिका–४ जावलाखेलमा…

Comments Off on मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

गैंडाको खागसहित कौशलटारबाट दुईजना पक्राउ

प्रहरीले गैंडाको खागसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५, कौशलटारबाट २ जनालाई पक्राउ गरेको छ । २ सय ५८ किलोग्राम तौल भएको गैंडाको १ थान खागसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर, देवीचौर–देउरालीका समीर वाईबा र काभ्रेपलाञ्चोक, कानपुर–५ का निरन लामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजना जिल्ला वन कार्यालय भक्तपुरको नियन्त्रणमा रहेका…

Comments Off on गैंडाको खागसहित कौशलटारबाट दुईजना पक्राउ

फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान…

Comments Off on फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् । चरा वर्गको अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने भएका छन् । कार्यक्रम यहि २८ जनवरीमा बेल्जियमको लुभेनस्थित ओन्स हाउसमा साझ…

Comments Off on बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन । आगामी दुई वर्षे कार्यकालको लागि महासचिवमा परमानन्द सापकोटा, सचिव निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा र  सहकोषाध्यक्ष निलकन्ठ आचार्य रहेका छन् । त्यसै गरि सदस्यहरुमा दीपेन्द्र केसी, पुनम शर्मा,जयराम…

Comments Off on बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

तेस्रो लिंगी मोडल अञ्जली लामा भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् । यसअघि नेपालका कयौँ र्यापमा सहभागी भइसकेकी अञ्जलीको कही चर्चित म्यागजिनले समेत कभर फोटो छापिसकेको छ । हाल इन्डिया टाइम्स, टाइम्स अफ इन्डिया, दी बेटर…

Comments Off on ‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र…

Comments Off on बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो । पूर्वसञ्चारमन्त्री गुप्ताले पदमा रहँदा ८४ लाख रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी भ्रष्टाचार गरेको फैसला २०६८ फागुन १० गते सर्वाेच्चले गरेको थियो । अदालतको…

Comments Off on जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायातले आइतबारदेखि अनलाइनबाटै आवेदन लिन सुरु गरेको हो । यातायात व्यवस्था विभागको बेवसाइट dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ । अनालाइनबाट अावेदन दिने सुविधा २ पांग्रे सवारी साधनकाे मात्र रहेकाे जनाइएकाे छ । अनलाइनबाट फारम भरी…

Comments Off on अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

तमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि  बालेन्द्र गुरुंगको संयोजकत्वमा ७१ सदस्यीय आयोजक समितिको गठन गरिएको छ  । समितिमा बेल्जियमका बिभिन्न सहरबाट सदस्य रहेका छ । तमु समाज बेल्जियमले ल्होछार पर्वको अवसरमा नेपालीहरुलाई परम्परागत…

Comments Off on बेल्जियममा २६०१ औ ल्होछारको आयोजना