काठमाडौंमा लाठीसहित वाइसीएलको मार्चपास

एमाओवादीको युवा संगठन वाइसीएलले मंगलबार अपरान्ह राजधानीमा लाठीसहिच मार्च पास गरेको छ। सहमतिका आधारमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन जारी आन्दोलनलाई सघाउन वाइसीएलले मार्च पास गरेको हो। फागुन १६ गतेको प्रदर्शनलाई प्रभावकारी बनाउन वाइसीएलले प्रदर्शन सुरु गरेको हो। भृकुटीमण्डपबाट अपरान्ह दुई बजे सुरु भएको  मार्च पास सहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम रहेको वाइसीएलका कार्यबाहक अध्यक्ष आरसी शर्मा…

Comments Off on काठमाडौंमा लाठीसहित वाइसीएलको मार्चपास

बेल्जियममा बाग्लुङका पूर्व मेयर शर्माको सम्झना

बेल्जियमका नेपालीहरुले बागलुङ जिल्लाका बामपन्थी नेता तथा पुर्व नगर प्रमुख ऋषिराम शर्माको १२ औ दिनको पुण्य तिथिमा मंगलबार श्रदाञ्जली सभाको आयोजना गरी श्रद्धान्जलि अर्पण गरेको छन| बेल्जियमको गेन्टमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले नेपाली प्रजातान्त्रिक आन्दोलनमा  रहेको उनको योगदानको स्मरण गर्दै श्राद्धान्जलि व्यक्त गरेका थिए| सभामा बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबु शर्मा पौडेल, समाजका महासचिब कृष्ण श्रेष्ठ ,नेपाली ब्यबसायी संघ बेल्जियमका…

Comments Off on बेल्जियममा बाग्लुङका पूर्व मेयर शर्माको सम्झना

दिल्लीमा आम आद्‌मी पार्टीको ऐतिहासिक जीत, मोदीको भाजपालाई झड्का

भारतको राजधानी दिल्ली विधानसभाको चुनावमा आम आद्मी पार्टी (आप) ले एकदम आदर्शवादी विजय हासिल गरेको छ । गत शनिबार भएको चुनावमा आपले ७० मध्ये ६७ सिट हात पर्दै भारी बहुमत ल्याएको हो । चुनावमा भारतीय जनता पार्टीले ३ सिट जितेको छ भने काँग्रेस आईले एक सिट पनि जितेन । भाजपाको तर्फबाट मुख्य मन्त्रीकी उमेदवार किरण वेदी पराजित भएकी छिन् ।…

Comments Off on दिल्लीमा आम आद्‌मी पार्टीको ऐतिहासिक जीत, मोदीको भाजपालाई झड्का

‘नत्र १० लाख सेना बनाउँछौं’

नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले वार्ताको वातावरण नबनाए एक महिनाभित्र १० लाख सेना भर्ना गर्ने चेतावनी दिनुभएको छ। इटहरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान बन्न नदिन सत्ता पक्षले जुन नीति अवलम्बन गरेको छ यसले देशमा मुठभेड निम्त्याउन खोजेको आरोप लगाउँदै परिस्थिति प्रतिकूल हुँदै गयो भने पार्टीले एक महिनामा १० लाख नेपाली युवालाई आफ्नो पार्टीको…

Comments Off on ‘नत्र १० लाख सेना बनाउँछौं’

गोर्खाल्याण्ड आन्दोलनका नेता घिसिंगको निधन

दार्जिलिङ गोर्खा पावत्र्य परिषदका  पूर्व प्रशासक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष सुवास घिसिङको नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहिवार निधन भएको छ| उपचाररत ८४ वर्षीय घिसिङ केही महिनायता समयदेखि घाटीको क्यान्सर र कलेजो सम्वन्धी रोगले थलिएका थिए| घिसिङ दुई दिन अघि सिकिस्त भएपछि अस्पतालमा भर्ना भएका थिए| सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चा नामको नयाँ पार्टीको उदयपछि घिसिङ…

Comments Off on गोर्खाल्याण्ड आन्दोलनका नेता घिसिंगको निधन

विपक्षी मोर्चा छाड्ने गच्छदारको संकेत

मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । मार्चाको बैठकहरुमा मधेशका नेताहरुले व्यग्यं गरी होच्याउने गरेको गुनासो गर्दै अध्यक्ष गच्छदारले त्यस्ता नेताको भीडमा आफूलाई बस्न मन नलागेका धारणा पार्टी बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए । उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो…

Comments Off on विपक्षी मोर्चा छाड्ने गच्छदारको संकेत

संविधान नदिने ६०१ सभासद्विरुद्ध ठगीको उजुरी

नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १  सभासद् विरुद्ध रुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् । निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै लमही नगरपालिका वडा नं. ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएका हुन् । इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन…

Comments Off on संविधान नदिने ६०१ सभासद्विरुद्ध ठगीको उजुरी

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पनि ‘र’ को भूमिका

श्रीलंकाको हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा भारतीय गुप्तचर संस्था ‘र’ का कोलोम्बो प्रमुखलाई निस्कासन गरिएको तथ्य उजागर भएको छ । राष्ट्रपति निर्वाचनमा ‘र’ का प्रतिनिधिले छरिएका विपक्षीलाइ एक बनाउँदै साझा उमेदवार खडा गर्न भूमिका खेलेको आरोप लगाइएपछि सो निस्कासन भएको समाचारमा जनाइएको छ । भारतको एक प्रमुख दैनिक ‘द हिन्दू’ ले यस बारेमा आइतवार विस्तारमा समाचार दिएको छ । समाचारमा श्रीलंकाको…

Comments Off on श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पनि ‘र’ को भूमिका

अमेरिकामा मोदी विरुद्वको मुद्वा खारेज

अमेरिकाको संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दायर मुद्दा खारेज गरेको छ | भारतको गुजरातमा २००२ मा भएको दंगालाई लिएर मानवअधिकार समूह अमेरिकन जस्टिस सेन्टरले मोदीविरुद्ध मुद्दा दायर गरेको थियो | गुजरात दंगाका समय  मोदी गुजरातका मुख्यमन्त्री थिए | कुनै पनि देशका प्रमुखविरुद्ध मुद्दा चलाउन नसकिने अदालतले बताएको छ | अभियोगपत्रमा मोदीमाथि तीन गम्भीर आरोप लगाएको थियो | गत सेप्टेम्बरमा मोदी…

Comments Off on अमेरिकामा मोदी विरुद्वको मुद्वा खारेज

बहुमतीय प्रकृयामा गए आन्दोलन: प्रचण्ड

सत्तारुढ नेपाली काग्रेस र नेकपा एमालेले संबिधानसभाको बैठकबाट बहुमतीय प्रकृया अनुरुपको मस्यौदा लेखन प्रकृया आरम्भ गर्न दबाब दिईरहेको बेला विपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनको लागि तयार रहन आब्हान गरेका छन्| संविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र जनजाति समूहहरुसँग मिलेर संयुक्त आन्दोलन अघि बढाउने गृहकार्यका लागि राजधानीको एउटा पार्टी प्यालेसमा बोलाइएको बैठकमा उनले त्यस्तो भनाइ राखेका हुन्|…

Comments Off on बहुमतीय प्रकृयामा गए आन्दोलन: प्रचण्ड

जातीय संघीयता घातक : मह

लामो समयदेखि संविधानका मुख्य विवादित विषयहरुमा सहमति जुटाउन, श्रृंखलाबद्ध बैठक गरेर पनि नेताहरुले कुनै प्रगति देखाउन नसकेका बेला, देशका लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एउटा प्रमुख विवादको मुद्दा संघीयताबारे आफ्ना चिन्ताहरु व्यक्त गरेका छन् । काठमाण्डूमा आयोजित नागरिक समूहको एक कार्यक्रममा बोल्दै मह जोडीले जातीयता र क्षेत्रीयताका मुद्दाहरूका कारण एकता खल्बलिने संविधान आए त्यो देशका लागि घातक हुनसक्ने…

Comments Off on जातीय संघीयता घातक : मह

सहमति नभए प्रक्रियाबाट संबिधान : नेकपा एमाले

संविधानका विवादित विषयहरुमा सहमति जुटाउन दलहरुबीच पटकपटक बसेका बैठकहरु एकपछि अर्को निष्कर्षविहीन हुन थालेपछि  नेकपा एमालेले संविधानका अन्तर्वस्तुमा अब संविधान सभाको भित्रको प्रक्रिया अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ | एमाले केन्द्रीय कार्यालय बल्खुमा आइतबार भएको स्थायी कमिटी बैठकले संविधानसभाका अध्यक्ष र अन्य राजनीतिक दलहरुसँग दुई तिहाइ प्रक्रियामा कसरी जाने भन्ने विषयमा सहमति खोज्न निर्णय गरेको हो | एमालेले…

Comments Off on सहमति नभए प्रक्रियाबाट संबिधान : नेकपा एमाले

माओवादी अध्यक्ष वैद्यद्वारा आम हडतालको प्रस्ताव

दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको वैद्य माओवादीले ‘संविधानसभालाई असफल पार्ने’ कार्यनीतिलाई मुख्य एजेन्डा बनाउने भएको छ| शुक्रबारदेखि पुरानो बानेश्वरमा सुरु भएको नेकपा–माओवादीको पहिलो केन्द्रीय भेलामा  देशैभरिबाट जम्मा भएका आफ्ना प्रतिनिधिसमक्ष नेकपा माओवादीका अध्यक्ष वैद्यले ‘माघ ८ लाई रोक्ने’ भन्दै आम हड्ताल लगायतको आन्दोलनको प्रस्ताव पेश गरेका हुन्| उनले यो संविधानसभाले जनताको संविधान नबनाउने भन्दै माघ ८ सम्म देश अस्तव्यस्त पार्ने…

Comments Off on माओवादी अध्यक्ष वैद्यद्वारा आम हडतालको प्रस्ताव

ओलीले प्रचण्डबारे फेरि प्याच्च बोले

एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वभावअनुरूप फेरी प्याच्च बोलेका छन् । आइतबार प्रचण्डले ओलीबिरुद्ध आक्रोसपूर्ण भनाई सार्वजनिक गरेको थिए । त्यसको प्रतिक्रिया स्वरुप ओलीले पनि सोमबार प्रचण्डबिरुद्ध ब्यङ्यपूर्ण भनाई सार्वजनिक गरेका छन् । अध्यक्ष ओलीले सोमबार सर्लाहीमा भएको एक कार्यक्रममा प्रचण्डलाई कमिलाले टोकेको टिप्पणी गरेका छन् । प्रचण्डलाई कमिलाले टोकेपछि बुरुक्क उफ्रेको देखेर आफू अचम्मित भएको समेत ओलीले बताए । आइतबार…

Comments Off on ओलीले प्रचण्डबारे फेरि प्याच्च बोले

‘सोचे भन्दा कमजोड भएछौ’ : देव गुरुङ,सचिव नेकपा–माओवादी

“जनयुद्ध हँुदै जनसत्ता ल्याउने भनेका थियौँ”–निरास मुद्रामा देखिँदै नेकपा–माओवादीका सचिव देव गुरुङले भन्नुभयो–“कुनै समयको मोहन विक्रमको मसाल पार्टीको जस्तै हालत भयो ।” दिनभरको पार्टी प्रशिक्षण सकेर सोमबार साँझपख आफ्नै पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्यूठानमा उहाँले भन्नुभयो–“सोचेभन्दा कमजोर भएछौँ ।” नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको समेत गृह जिल्ला रहेको यहाँ उहाँले पटकपटक सिंहलाई सम्झँदै उहाँको पार्टी विभाजन र आफ्नो पार्टी…

Comments Off on ‘सोचे भन्दा कमजोड भएछौ’ : देव गुरुङ,सचिव नेकपा–माओवादी