कुन राशिका प्रेमी कस्ता ? – भ्यालेन्टाइन डे विशेष

वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूमा भावुकता पनि बढी हुन्छ । प्रेमिका अथवा जीवनसाथीलाई उनीहरू अधिक माया गर्छन् । दिगो सम्बन्धमा उनीहरूको विश्वास हुन्छ । यिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ ।

मिथुन : मिथुन राशि भएका मानिस जीवनमा धेरैसँग प्रेममा पर्छन् । उनीहरूले बहुविवाह गर्ने सम्भावना बढी हुन्छ । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । अरूको मनसँग खेल्ने उनीहरूको स्वभाव हुन्छ । विवाहलाई त्यति महत्त्व दिँदैनन् र विवाहेत्तर सम्बन्धमा रुचि राख्छन् । उनीहरूको मन चञ्चल हुन्छ ।

कर्कट : कर्कट राशि भएका मानिस ‘मुडी’ हुन्छन् । तर, प्रेम सम्बन्धप्रति भने इमानदार हुन्छन् र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन् । परिवारको हस्तक्षेपका कारण उनीहरूको प्रेम र वैवाहिक जीवनमा बारम्बार समस्या आउने गर्छ । प्रेमी अथवा प्रेमिकाको भावनालाई उनीहरू सम्मान गर्छन् । बिहेपछिको उनीहरूको जीवन सुखमय हुन्छ । अहं मौकामा प्रेमसम्बन्धी निर्णय लिने क्षमता उनीहरूमा कमजोर हुन्छ ।

सिंह : सिंह राशि भएकाहरूको बोली असाध्यै मीठो हुन्छ । स्त्रीलाई आकर्षित गर्न सिंह राशि भएका पुरुषले आफ्नो बोलीलाई हतियार बनाउँछन् । उनीहरू उदार विचारका हुन्छन् । उनीहरूको प्रेम अक्सर सफल हुन्छ । सिंह राशि भएका मानिस आदर्श प्रेमी हुन्छन् । जीवनसाथी अथवा प्रेमी–प्रेमिकाप्रति उनीहरू इमानदार हुन्छन् ।
कन्या : कन्या राशि भएका मानिस ‘महान् प्रेमी’ बन्न सक्दैनन्, तर ‘असल प्रेमी’ भने बन्न सक्छन् । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । विपरीतलिंगीलाई आकर्षित गर्न उनीहरू खप्पिस हुन्छन् । परिवार र श्रीमतीप्रति निष्ठावान् भएकाले उनीहरूको वैवाहिक जीवन बलियो हुन्छ । प्रेममा शारीरिक सुखलाई मात्र प्राथमिकता नदिने उनीहरूको स्वभाव हुन्छ ।

तुला : तुला राशि भएकाहरू महान् प्रेमीको श्रेणीमा पर्छन् । उनीहरूले प्रेमको गहिराइ बुझेका हुन्छन् । एक्लै रहन मन पराउँदैनन् । दु:ख परेका वेला साथीभाइ अथवा प्रेमी–प्रेमिकाबाट साथ खोज्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । प्रेमलाई पवित्र बन्धन मान्ने स्वभाव उनीहरूमा हुन्छ ।

वृश्चिक : वृश्चिक राशि भएका मानिस विवाहअघि आदर्श प्रेमी हुन्छन् । प्रेमका निम्ति जस्तोसुकै त्याग गर्न पनि हमेसा तयार हुन्छन् । उनीहरू प्रेमप्रति पूर्ण इमानदार हुन्छन् । उनीहरूमा ईष्र्याभाव पनि बढी हुन्छ । उनीहरूलाई रोमान्टिक प्रेमीको श्रेणीमा राख्न सकिन्छ ।

धनु : धनु राशि भएका प्रेमी संवेदनशील र हँसिमजाक गर्ने खालका हुन्छन् । असल प्रेमी–प्रेमिका भए पनि लामो समयसम्म सम्बन्ध कायम राख्न भने उनीहरू असमर्थ हुन्छन् । जोडी फेरिरहने उनीहरूको स्वभाव हुन्छ । प्ेरममा धोका पाएलगत्तै उनीहरू तरुुन्तै अर्को प्रेमको जोहो गरिहाल्छन् ।

मकर : मकर राशि भएका मानिस जिद्दी स्वभावका हुन्छन् । यस्तै स्वभावका कारण उनीहरूको प्ेरम जीवनमा बारम्बार समस्या उत्पन्न हुने गर्छ । प्रेमिका अथवा जीवनसाथीलाई अधिक माया गरे पनि जिद्दी स्वभावका कारण उनीहरूको सम्बन्धमा खटपट परिरहन्छ ।

कुम्भ : कुम्भ राशि भएका मानिस बढ्ता भावुक हुन्छन् । दिमागबाट भन्दा बढी मनबाट परिचालित हुन्छन् । ‘मुडी’ हुने भएकाले उनीहरूको प्रेम चिरस्थायी हुँदैन । कुनै अपरिचितसँग पनि उनीहरू नि:स्वार्थ प्रेम गर्न पुग्छन् । जीवनसाथीलाई आँखा चिम्लिएर विश्वास गर्ने स्वभाव उनीहरूमा हुन्छ ।

मीन : मीन राशि भएका प्रेमी बढ्ता भावुक हुन्छन् । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । मीन राशि भएका मानिसलाई मायामा पार्न सजिलो हुन्छ । उनीहरू अटुट सम्बन्ध कायम राख्न चाहन्छन् । धोका पाउनेमा यिनीहरू नै अगाडि हुन्छन् ।

 नयाँ पत्रिका दैनिकबाट