‘नत्र १० लाख सेना बनाउँछौं’

नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले वार्ताको वातावरण नबनाए एक महिनाभित्र १० लाख सेना भर्ना गर्ने चेतावनी दिनुभएको छ।
prachanda_speaksइटहरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान बन्न नदिन सत्ता पक्षले जुन नीति अवलम्बन गरेको छ यसले देशमा मुठभेड निम्त्याउन खोजेको आरोप लगाउँदै परिस्थिति प्रतिकूल हुँदै गयो भने पार्टीले एक महिनामा १० लाख नेपाली युवालाई आफ्नो पार्टीको सेनामा भर्ना गर्ने चेतावनी दिनुभयो।
उहाँले संसद्को कुर्ची भाँच्नु, माइक तोडफोड गर्नु, आगजनी गर्नुलाई शान्तिपूर्ण आन्दोलनको संज्ञा दिँदै संविधानसभाको दोस्रो चुनावमा हार खानुको कारण वाईसीएल विघटन गर्नुभएको बताउनुभएको छ।
शुक्रबार इटहरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले र कांग्रेस सहमति नगर्ने पक्षमा रहेको आरोप लगाउँदै शान्ति सम्झाैता र अन्तरिम सम्झाैताको मर्मविपरीत संविधान बनाउन अग्रसर भए अर्को चरणको आन्दोलन थालिने बताउनुभयो।