मह जोडीलाई अमेरिकामा जनजाति महासंघले ‘सेन्सर’ गरे

अमेरिकाका बिभिन्न शहरमा महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अवरोध सिर्जना गरेपछि उनीहरुले तयार पारेको कागजमा सही गरेर मात्र महजात्रा देखाउनुपरेको खुलासा भएको छ । महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।…

Comments Off on मह जोडीलाई अमेरिकामा जनजाति महासंघले ‘सेन्सर’ गरे

बेल्जियममा गणेशमान शतवार्षिकी संपन्न

बेल्जियममा रहेका नेपालीहरुले २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक नेता गणेशमान सिहले नेपालमा प्रजातन्त्र बहालीको लागी दिएको योगदानको चर्चा गर्दै सतवार्षिकी मनाएका छन| कार्यक्रमका बक्ताहरुले नेपालको एकतन्त्रीय शासन विरुद्व बिपी सगै मेलमिलापको नीति लिएर स्वदेश फर्केको उल्लेख गर्दै मुलुकको समृद्विकोलागी सबै एकजुट हुनु पर्नेमा जोड दिए| गणेश मान केन्द्र बेल्जियमद्वारा आईतवार बेल्जियमको ब्रुजमा कार्यक्रम सम्पन्न भएको थियो |…

Comments Off on बेल्जियममा गणेशमान शतवार्षिकी संपन्न

“माननीय” कस्ता व्यक्तिलाई भन्ने ?

अधिकांश सांसदले आफूहरुको अपमान हुनेगरी सरकारबाट नियुक्ति लिएका विभिन्न आयोग,समिति र निकायका व्यक्तिलाई माननीयको उपमा दिएकामा आपत्ति जनाउनुभएको छ । व्यवस्थापिका–संसदको वातावरण संरक्षण समितिको आजको बैठकमा समितिका अधिकांश सांसदले माननीय शब्दको चरम दुरुपयोग भएको र यसले आफूहरुलाई अपमानित तुल्याएको बताउनुभयो । सन्दर्भ थियो ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति’ का प्रमुखको सुविधा सम्बन्धमा । “हामी एउटा भ्रमणमा सँगै हिँडेका थियौँ ।…

Comments Off on “माननीय” कस्ता व्यक्तिलाई भन्ने ?

नवनियुक्त अध्यागमन मन्त्रीले माफी मागे

नवनियुक्त बेल्जियन अध्यागमन मन्त्री थियो फ्रान्केनले संसदमा माफी मागेका छन् । मन्त्री फ्रान्केन बेस्करी विवादमा तानिएका छन् । पदभार सम्हाल्दा सम्हाल्दै विवाद उग्र बनेपछि पद जोगाउन उनी माफी माग्न बाध्य बनेका हुन् । विवाद यति चर्कियो की विहीवार संसदमा सोसलिस्ट पार्टीकी एक महिला सांसदले उनलार्इ 'मन्त्रालयको शिरमा एक रेसिस्ट रहने' नै भनिन् । फ्रान्केन विवादमा खिँचिनुका थुप्रै कारण छन् ।…

Comments Off on नवनियुक्त अध्यागमन मन्त्रीले माफी मागे

इतिहास कै तन्नेरी प्रधानमन्त्रीको ब्यापारमुखि सरकार

बेल्जियममा ४ दलिय गठबन्धनको नेतृत्व गर्दै ३८ वर्षिय फ्रेन्चभाषी चार्ल्स मिसेल बेल्जियमका प्रधानमन्त्री बनेका छन् । सन् १८४१ यता बनेको सरकारमा उनी सबैभन्दा तन्नेरी प्रधानमन्त्री हुन् । सन् १९७५ मा जन्मिएका मिसेल चर्चित राजनीतिज्ञ लुइ मिसेलका छोरा हुन् । ४ दलिय गठबन्धनमा मिसेलको फ्रेन्च लिबेरल पार्टी (MR) फ्रेन्च क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक मात्र पार्टी हो । लामो समयसम्म सोसलिस्टहरू सहितको…

Comments Off on इतिहास कै तन्नेरी प्रधानमन्त्रीको ब्यापारमुखि सरकार

बेल्जियममा गणेशमान सिंह शतवार्षिकी कार्यक्रमको आयोजना

गणेशमान अध्ययन केन्द्र ,बेल्जियमले २०४६ सालको जनआन्दोलनका सर्बोच्च कमान्डर तथा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको शतवार्षिकी मनाउने भएको छ | कार्यक्रम बेल्जियमको अन्त्वेर्पेनमा यहि अक्टोबर १९ आईतवार हुँदैछ| कार्यक्रममा गणेशमान सिंह अध्ययन केन्द्रका अध्यक्ष बाबुराजा चित्रकार प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन | दिनको ठिक १ बजेबाट शुरु हुने विचार गोष्ठीमा सहभागी हुन गणेशमान अध्ययन केन्द्र बेल्जियमले  बेल्जियमस्थित विभिन्न…

Comments Off on बेल्जियममा गणेशमान सिंह शतवार्षिकी कार्यक्रमको आयोजना

अन्तरक्रियामा देउवा

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको उपस्थितिमा जनसम्पर्क समिति बेल्जियमले संबिधान लेखन बिषायक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | सोमवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा युरोपका जनसम्पर्क समितिका प्रतिनिधिहरुका साथै थुप्रै गैर आवासीय नेपालीहरु उपस्थित थिए | कांग्रेस नेता देउवाको साथमा देउवापत्नी सभासद डा. आरजु देउवाको समेत थिइन् | कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै संबिधान…

Comments Off on अन्तरक्रियामा देउवा

जनसम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बेल्जियमका नेपालीहरुले के भने ?

नेपाली काग्रेसमा बरिष्ट नेता तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति बेल्जियमले  सोमवार बेल्जियमको लुभेनमा आयोजना गरीको संबिधान बिषायक  अन्तरक्रिया कार्यक्रममा सहभागी बेल्जियम स्थित नेपाली राजनैतिक दल निकट संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु सबैले नेपालको समृद्वी चाहेको बताए| उनीहरुले नेपालको समृद्वीको लागी राजनैतिक स्थिरता हुनुपर्ने बताउदै आफुहरुले छिट्टै संबिधान निर्माण भएर देश शान्ति र आर्थिक उन्नतिको बाटोमा बढेको देख्न…

Comments Off on जनसम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बेल्जियमका नेपालीहरुले के भने ?

युरो काँग्रेसको संयोजक मात्र वैध ?

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालासँग भातृसँस्था बेल्जियम जनसम्पर्क समिति र युरो काँग्रेसका बारेमा काँग्रेसजनहरूले गुनासो पोखे र युरो काँग्रेसको मान्यताबारे आ-आफ्नो पक्षको कुरा राखे । आज बुधबार ब्रसेल्समा पार्टी सभापतिसँग अन्तरकृया गर्दै बेल्जियम, फ्रान्स, नेदरल्याण्डस्, लक्जेमबर्ग र जर्मनीका जनसम्पर्क समितिका पदाधिकारीहरूले आपसी फुटबारे पनि तितो पोख्न भ्याए । नेपाली जनसंपर्क समिति- प्रवासमा नेपाली कांग्रेसको वैधानिक संस्था हो ।…

1 Comment

प्रधानमन्त्री कोईराला बेल्जियममा के गर्दैछन ?

प्रधानमन्त्री शुशील कोईराला आज सोमवार बिहानै ब्रसेल्स आईपुगेका छन| कोईराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिएपछि स्वदेश फर्कने क्रममा बेल्जियमको राजधानी ब्रसेल्स आईपुगेका हुन्| कोइरालासँगै भ्रमण टोलीमा सल्लाहकार, सुरक्षा गार्ड, परराष्ट्र सचिव शंकरदास बैराँगीसहित ११ जना रहेका छन्| कोईरालाले केहीबेरमा युरोपियन काउन्सिलका अध्यक्ष हर्मन भान रोम्पोईसंग औपचारिक भेटघाट गर्दै छन् |यसैगरी युरोपियन कमिसनका अध्यक्ष र लक्जेम्बर्गका प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम…

Comments Off on प्रधानमन्त्री कोईराला बेल्जियममा के गर्दैछन ?

कांग्रेस नेता शेरबहादुर देउवा बेलायतमा, बेल्जियम पनि जाने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा स-परिवार बेलायत आइपुगेका छन । श्रीमति आरजु देउवा र छोरा जयबीरसंगै मंगलबार देउवा लण्डन आइपुगेका हुन । मंगलबार साँझ जेट एअरवेजको विमानबाट लण्डनको हिथ्रो विमानस्थलमा ओर्लिदा देउवालाई यहाँस्थित नेपाली दुतावासका अधिकारी र बेलायत कांग्रेसका नेता कार्यकर्ताले स्वागत गरे । देउवाको स्वागतका लागि कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री, विभाजित कांग्रेस बेलायतका दुवै अध्यक्षहरु लोक…

Comments Off on कांग्रेस नेता शेरबहादुर देउवा बेलायतमा, बेल्जियम पनि जाने

कांग्रेस नेता शेरबहादुर देउवा बेल्जियम आउँदै

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा यही अक्टोवर ५ मा बेल्जियम भ्रमणमा आउँदैछन् | उनी निजि भ्रमणको शिलशिलामा यहि सेप्टेम्वर २४ मा बेलायत आउदै छन | यसै शिलशिलामा उनि बेल्जियम आउन लागेका हुन्| बेल्जियममा रहदा युरोपमा रहेका आफना समर्थक संग भेटघाट गरी अक्टोवर ७ मा नेपाल फर्किनेछन | यसै गरी सेप्टेम्बरको २९ मा नेपाल सरकारका प्रधानमन्त्री तथा…

Comments Off on कांग्रेस नेता शेरबहादुर देउवा बेल्जियम आउँदै

प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

प्रधानमन्त्री शुशील कोइराला सेप्टेम्बरको अन्तमा ब्रसेल्स भ्रमणमा आउने भएका छन् । सँयुक्त राष्ट्र सँघको महासभामा भाग लिएपछि फर्कने क्रममा युरोपेली सँघको राजधानी ब्रसेल्समा आउने कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री कार्यालय र ब्रसेल्सस्थित नेपाली राजदूतावास जुटीरहेका छन् । सेप्टेम्बर २९ मा आएर प्रधानमन्त्री अक्टोबर १ मा फर्कनेछन् । ब्रसेल्समा प्रधानमन्त्री शुशील कोइरालाको युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको…

Comments Off on प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

राप्रपा नेपाल धर्मनिरपेक्षता,संघियता र गणतन्त्र प्रति असहमत

संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षता, संघियता र गणतन्त्रप्रति असहमति जनाउँदै शुक्रबार संवैधानिक तथा राजनैतिक सम्बाद तथा सहमति समितिमा औपचारिक रुपमा असहमति दर्ता गराएको छ| पार्टीको प्रमुख सचेतक दिलनाथ गिरीले संविधानसभाको नियमावली अनुरुप औपचरिक रुपमा असहमति दर्ता गराएको जानकारी गराए |राप्रपा नेपालले यी विषयहरुमा तीन दलको सहमति नभै प्रक्रियाबाट जानुपर्ने भन्दै त्यसको निर्णय जनमत संग्रहबाट गरिनुपर्ने माग…

Comments Off on राप्रपा नेपाल धर्मनिरपेक्षता,संघियता र गणतन्त्र प्रति असहमत

जन सम्पर्क समिति नेदरल्याण्डसले बिपी जयन्ति मनाउने

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३२ औ स्मृति दिवसको अवसरमा जन सम्पर्क समिति नेदरल्याण्डस् ले  बिशेष  कार्यक्रमको आयोजना गरेको छ |कार्यक्रम आमस्ट्राडाममा सेप्टेम्बर ९ मा हुदैछ| कार्यक्रममा विपी संवन्धि विभिन्न कथा, कविता तथा लेखहरु प्रस्तुत गरीने भएको छ|नेपाली जनसंपर्क समितिले नेदरल्याण्डसले सवै नेपाली समुदाय तथा संघसंस्थालाई उपस्थितीको लागि अनुरोध समेत गरेको छ । उक्त…

Comments Off on जन सम्पर्क समिति नेदरल्याण्डसले बिपी जयन्ति मनाउने