गोर्खाल्याण्ड आन्दोलनका नेता घिसिंगको निधन

दार्जिलिङ गोर्खा पावत्र्य परिषदका  पूर्व प्रशासक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष सुवास घिसिङको नयाँsubashghising दिल्लीको गंगाराम अस्पतालमा बिहिवार निधन भएको छ| उपचाररत ८४ वर्षीय घिसिङ केही महिनायता समयदेखि घाटीको क्यान्सर र कलेजो सम्वन्धी रोगले थलिएका थिए| घिसिङ दुई दिन अघि सिकिस्त भएपछि अस्पतालमा भर्ना भएका थिए|

सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चा नामको नयाँ पार्टीको उदयपछि घिसिङ दार्जिलिङवाट विस्थापित भएका थिए | सन् २००७ का इण्डियन आइडल प्रशान्त तामाङको पक्षमा नलाग्दा दार्जिलिङ छाड्नु परेको थियो|   करिव २ दशकसम्म दार्जीलिङमा एकछत्र राज गर्दै आएका उनी प्रशान्त आइडल बनेका वर्ष दिन पनि बित्न नपाउदै सत्ताच्यूत हुन पुगेका थिए | लगत्तै पत्नी बियोगको पीडा पनि सहन गर्न बाध्य भएका उनी करिव तीन वर्ष जलपाइगुडीमा डेरामा वसेका थिए| एक वर्ष अघि सिलिगुडी नजिकै मतिगढामा डेरामा सरेका थिए| यतिवेला गोर्खाल्याण्डको माग छाडेका घिसिङ छैटौ अनुसूचीको पक्षपाती थिए|

सन् १९८० देखि १९८६ सम्म चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन घिसिङकै नेतृत्वमा भएको थियो | उक्त आन्दोलन हिंसात्मक वन्दा करिव १ हजार २ सय वढीले ज्यान गुमाउनु परेको थियो|