ओलीले प्रचण्डबारे फेरि प्याच्च बोले

kp-sharma-oliएमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वभावअनुरूप फेरी प्याच्च बोलेका छन् ।

आइतबार प्रचण्डले ओलीबिरुद्ध आक्रोसपूर्ण भनाई सार्वजनिक गरेको थिए । त्यसको प्रतिक्रिया स्वरुप ओलीले पनि सोमबार प्रचण्डबिरुद्ध ब्यङ्यपूर्ण भनाई सार्वजनिक गरेका छन् ।

अध्यक्ष ओलीले सोमबार सर्लाहीमा भएको एक कार्यक्रममा प्रचण्डलाई कमिलाले टोकेको टिप्पणी गरेका छन् । प्रचण्डलाई कमिलाले टोकेपछि बुरुक्क उफ्रेको देखेर आफू अचम्मित भएको समेत ओलीले बताए ।

आइतबार प्रचण्डले ओलीबिरुद्ध कडा अभिव्यक्ति दिएपछि ओलीले त्यसको जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार प्रचण्डले पहिचान र जातीयताको कुरा सन्न नचहाने ओली कुनै महाराज वा देशको ठेकेदार नभएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

सोमबार सर्लाहीमा प्रेस चौतारीले गरेको कार्यक्रममा ओलीले रक्तपात गर्ने प्रचण्डको धम्कीको कुनै अर्थ नरहेको बताए । ‘प्रचण्डले आन्दोलन, रक्तपात जस्तो धम्की दिइरहेको छन्’ ओलीले भने ‘त्यसको कुनै अर्थ छैन,  कमिलाले टोकेजस्तो बुरुक्क उफ्रेको देखेर म छक्क परेको छु ।’

मंगलबार राजधानीमा आयोजित अर्को एक कार्यक्रममा ओलीले भने, ‘कुनै नाटक पनि यति नाटकीय हुँदैन होला । नाटक घरले प्रचण्डलाई किन लाँदैन ?

उनले दुई तिहाइ बहुमतले संविधान बनाए देशमा रक्तपात हुन्छ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा कटाक्ष गर्दै ओलीले भने, ‘के भनेको रक्तपात हुन्छ भनेर, के त्यहाँ बाख्रा लगेर काट्ने ?’