बेल्जियन बने अष्ट्रेलियाको अर्थमन्त्री

बेल्जियममा जन्मेर हुर्केका माथियास कोरमन अष्ट्रेलियाको अर्थमन्त्री बनेका छन् । ४२ वर्षिय कोरमन एक अष्ट्रेलियन युवतिको प्रेममा परेपछि २६ वर्षको उमेरमा अष्ट्रेलिया बसाइँ सरेका थिए । लुभेनको क्याथोलिक युनिभर्सिटीमा पढेका कोरमन बेल्जियममा उनको गृहनगर युपेनमा स्थानीय राजनीतिमा समेत सँलग्न थिए । यता, बेल्जियमका वर्तमान प्रधानमन्त्री एलियो द रूपो आप्रवासी इटालियन अभिभावकका सन्तान हुन् ।

Comments Off on बेल्जियन बने अष्ट्रेलियाको अर्थमन्त्री

काँग्रेसको लुतो एमाले हुँदै एमाओवादीमा

नेपालको राजनीतिमा जनताको स्वतन्त्रता र स्वाभिमानका खातिर ठूला–ठूला आन्दोलन, क्रान्ति र युद्धहरू विभिन्न कालखण्डमा सम्पन्न भए । जुन क्रान्तिले देश र जनताको स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डतालाई जति सुदृढ र सबल बनाउनुपर्ने हो त्यति गरेको अनुभव गर्न सकिएको छैन । यसको पछाडि कुन तत्त्व र शक्तिले त्यत्तिका ठूला–ठूला युद्ध लडेर आएका राजनीतिक दल र तिनका नेताहरूलाई कर्तव्यविमुख बनाए भन्नेबारे गम्भीर…

Comments Off on काँग्रेसको लुतो एमाले हुँदै एमाओवादीमा

रेग्मी असफल भए सेना ?

Regmi_gifप्रमुख राजनीतिक दलहरू संविधानसभाको निर्वाचन असारमा कि मङ्सिरमा भन्ने बहसमा केन्द्रित रहेका बेला नेकपा–माओवादी सहित ३३ दलहरू चुनाव बिथोल्ने दिशामा दृढतापूर्वक अघि बढ्न तत्पर भएपछि आगामी मङ्सिरमा पनि निर्वाचन हुन सक्नेमा आशङ्का बढेको छ। माओवादीलगायत ३३ साना दलले मतदाता नामावली सङ्कलनका लागि निर्वाचन आयोगबाट खटिएका कर्मचारी तथा सामान कब्जामा लिने र नामावली सङ्कलनमा व्यवधान गर्ने कार्य सुरु गरेकोले निर्वाचन आयोग गम्भीर एवम् चिन्तित बनेको छ। कर्मचारी सुरक्षाको सुनिश्चितता नभएसम्म आयोगले मतदाता नामावली सङ्कलनका लागि कर्मचारी नखटाउने र नागरिकता टोलीसँगै आफ्ना कर्मचारीहरूको टोली खटाउने निर्णयसमेत यसै साता गरेको छ। (more…)

Comments Off on रेग्मी असफल भए सेना ?

रेग्मीका लुला खुट्टा

Regmi_gifनिष्पक्ष सरकारका प्रमुख खिलराज रेग्मीले राजनीतिक दलहरूको विश्वास कायम राख्दै अघि बढ्ने सोच बनाउनुभएको छ। मन्त्रिमण्डलका सदस्यहरूको चयन र संवैधानिक नियुक्तिहरूमा भएको दलीय हस्तक्षेपलाई पर्यवेक्षकहरूले अस्वाभाविक ठानेका भए पनि रेग्मीले सकारात्मक रूपमा लिनुभएको छ। रेग्मीले यही सोच कायम राख्नुभएमा उहाँको सरकारले चार राजनीतिक शक्तिहरूको साथ र सहयोग निरन्तर पाइरहने सम्भावना छ। तर, उहाँको यस प्रकारको रवैयाले चार पक्षबाहेकका राजनीतिक शक्तिहरूलाई भने निराश र आक्रोशित तुल्याएको छ।

नेकपा–माओवादी, नेमकिपा र राष्ट्रिय जनमोर्चालगायत दर्जनौँ राजनीतिक दल रेग्मीको कार्य–व्यवहारप्रति थप असन्तुष्ट बन्न पुगेका छन्। नेकपा–माओवादी लगायत २२ साना दलहरूले सरकारविरुद्ध सङ्घर्ष गर्ने योजना बनाइरहेका छन्। उनीहरूलाई विश्वासमा लिन सरकारका तर्फबाट अहिलेसम्म ठोस पहल भइरहेको छैन। यदि सरकारले यथाशीघ्र असन्तुष्ट दलहरूलाई विश्वासमा लिन नसक्ने हो भने आगामी निर्वाचन सम्पन्न गराउन मुस्किल हुनसक्ने देखिएको छ। (more…)

Comments Off on रेग्मीका लुला खुट्टा

प्रचण्डको बोली र प्लास्टिकको गोली

prachanda_speaksजिन्दगी एक वचन भी तो हे, जिसे सबको निभाना पडेगा… कुनै वेलाको चर्चित यो हिन्दी गीत सुनेर ओहो… आफूले बोलेको कुरा त जसरी भए पनि पूरा गर्नुपर्छ या पूरा गर्न नसक्ने कुरा बोल्नै हुँदैन जस्तो लाग्थ्यो। स्वास्नीमान्छेको किल्किले हुँदैन, जे पायो त्यही बोल्छन, विश्वासै गर्नुहुँदैन, महिलाका कुरा पधेर्नी गफ भन्ने प्रकारका अनेक कुरा सुन्दै हुर्किएकाले लोग्नेमान्छे या पुरुष भनेको त वचनको पक्का, बोलेपछि त्यसलाई पूरा गर्ने या आफ्नो वचनमा अडिग हुन्छन् र हुनुपर्छ भन्ने मानसिकता पनि सानैदेखि बनेको हो। (more…)

Comments Off on प्रचण्डको बोली र प्लास्टिकको गोली