संविधान नदिने ६०१ सभासद्विरुद्ध ठगीको उजुरी

नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १  सभासद् विरुद्ध रुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् ।
nepali-constituent-assemblyनिर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै लमही नगरपालिका वडा नं. ११ का डिल्लीराज खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिएका हुन् ।
इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन कार्यालय घोराही दाङमा फ्याक्स पठाईठगीसम्बन्धी उजुरी दिएका हुन् ।